Monday , 17 December 2018
News update
Home >> Trailer (page 4)

Trailer

यश कुमार र निमा रुम्बा अभिनित ‘छिरिङ्ग’ को ट्रेलर सार्वजनिक(भिडियो)

आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘छिरिङ्ग’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । खासगरि, लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई फिल्मले पेश गर्न खोजेको छ ।

अभिनेता तथा गायक यश कुमार अभिनीत तथा निर्देशित फिल्म ‘छिरिङ्ग’ मा दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

असोज १२ गते बाट प्रदर्शनमा आउने ‘छिरिङ्ग’मा यश कुमार, निमा रुम्बा र कामना भुजेलको मुख्य अभिनय रहेको छ।कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् । कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

चलचित्र ‘गुनगुन’को टिजर रिलिज (भिडियो)

कलाकार पुस्कर भट्टराईले निर्देशन रहेको चलचित्र ‘गुनगुन’को टिजर रिलिज गरिएको छ । संवाद विहिन ‘गुनगुन’को टिजरमा माया,प्रेम, विछोड र द्धन्द्वलाई विषेश फोकस गरिएको छ ।

चलचित्रमा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल,भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र निर्देशक भट्टराईको अभिनय रहेको छ ।

कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने ‘गुनगुन’ लाई प्राथना फिल्म्सको प्रस्तुतीमा निर्देशक पुस्कर भट्टराईले निर्माण गरेका हुन् । चलचित्रमा हिमाल केसीको द्धन्द्व , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । ‘गुनगुन’को सेप्टेम्बर ३० मा अस्ट्रेलियामा वर्ल्ड प्रिमियर गरिने कलाकार तथा निर्देशक पुस्कर भट्टराईले बताए ।

फ्राइडे रिलिज :‘रामकहानी ’र ‘रोज’ को भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘रामकहानी ’र ‘रोज’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी ’र ‘रोज’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘रामकहानी’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘रामकहानी’प्रदर्शनमा आएको छ।चलचित्र ‘रामकहानी’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।यस अघि सार्वजनिक ट्रेलर र गीत संगीतले चर्चामा रहेको ‘रामकहानी’लाई प्रतिक्षीत चलचित्रको रुपमा हेरिएको छ ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई,शोबित बस्नेतको मुख्य भूमिका रहेको छ ।

सुदर्शन थापाको कथा रहेको यस चलचित्रलाई पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको यो चलचित्रब निश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।

‘रोज’
यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘रोज’ पनि प्रदर्शनमा आएको छ।चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन्।

चलचित्रमा प्रदीप खड्का , कर्मा शाक्य, परमिता एल आर राणा, मिरुना मगर ,रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय छ । केदार भुषालको कथामा रहेको यस चलचित्रमा सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।

चलचित्रमा अर्जुन पोखरेल र एलिस कार्की संगीत रहेको छ भने कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।चलचित्रलाई राजु विक्रम थापाले खिचेका हुन् ।गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोज’को प्रस्तुतकर्ता उद्धव पौडेलहुन् भने आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ ।नेपाल र टर्कीमा छायांकन गरिएको फिल्म प्रदीप खड्काको स्टारडमले पनि अवेइटड छ ।

चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक (भिडियो)

दशैँको अबसरमा रिलिज हुने चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको बिच निर्माण टिमले ट्रेलर सार्वजानिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, द्धन्द्व, हाँसो रोदनलाई समेटिएको छ । भने सिनेमाका अधिकांश सम्पुर्ण कलाकारलाई समेटिएको छ ।

सिनेमाको कथासारलाई ट्रेलरमार्फत् प्रस्ट्याईएको १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले बताए । अभिनेत्री स्वस्तिमा खड्कालाई पाउन तीन पुरुष पात्रको तछाडमछाडलाई ट्रेलरमा कमेडी शैलीमा देखाइएको छ । निर्माण टिमले सिनेमालाई ‘मनोरञ्जनको फुल डोज’ भनेको छ ।

दशैंको फूलपातीमा प्रदर्शनमा आउने प्रवल सम्भावना रहेको यस सिनेमाको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमामा खगेन्द्रका लामिछानेका अलवा सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटीरकल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक (भिडियो)

चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ ।नेपालमा बनेको उक्त पहिलो अंग्रेजी सिनेमाको सुट हलिउड नगरी लस–एन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।

आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर–पोस्टर लन्च गरियो । थिम पोतिएको पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । ट्रेलर आकर्षक लाग्छ ।

पाँच करोड लगानीमा निर्माण भएको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए ।

नेपाली कथा अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उनको कथन छ । भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी फिल्मको वितरणमा चासो व्यक्त गरेको उनले जनाए ।

पेमा धोन्डुप निर्देशक हुन् । उनी निर्देशित फिल्म ‘वी आर नो मंक्स’ (२००४)ले सुखद समिक्षा प्राप्त गरेको थियो । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’

‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने ।

फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी छ ।

चलचित्र ‘कथा काठमाण्डू’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

असोज १२ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘कथा काठमाण्डू’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।आईतबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

यस अघि चलचित्रको सार्वजनिक गीत ’रातको कुरा…’ बोलको सार्वजनिक गीत निकै भल्गर भएर चर्चामा रहेक प्रियंका कार्की रप्रमोद अग्रहरीको ट्रेलरमा पनि बोल्ड दृश्य समावेश गरिएको छ ।काठमाडौंमा जीविकोपार्जन गर्नका लागि बाध्यताले यौनधन्दामा संलग्न एक युवतीको भूमिका अभिनेत्री प्रियंकालाई प्रस्तुत गरिएको छ ।

चलचित्र ‘कथा काठमाण्डू’लाई सञ्चारकर्मी संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन रहेको छ ।

चलचित्र ‘बाँध मायाले’ को ट्रेलर सार्वजनिक (भिडियो)

असोज ५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा मायाप्रेम, रोमान्स, द्वन्द्व, विछोड देखाउन खोजिएको छ ।

काइट्स इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा तयार भएको ‘बाँध मायाले’लाई सबिर श्रेष्ठको निर्देशन गरेका हुन् । ‘बाँध मायाले’मा रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको हो भने यस चलचित्रमा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल रहेका छन् ।



चलचित्रमा सृष्टि श्रेष्ठ र आर्यन अधिकारी मुख्य भूमिकामा रहेका छन् ।सृष्टि र आर्यन सगै चलचित्रमा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । ‘बाँध मायाले’ बाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैछन् ।

अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायाँकन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ ।

एलिजा गौतमको चलचित्र ‘अनुराग’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

असोज १२ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘अनुराग’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’को ट्रेलर मायाप्रेम,मिलन र बिछोडको कथा प्रस्तुत गरिएको छ।

चर्चित पत्रकार ऋषि धमला श्रीमती एलिजा गौतमद्वारा निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।चलचित्रमा एलिजा गौतम सगै समुन्द्र पन्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।एरिका फिल्म्सको ब्यानरमा बनेको अनुरागमा भरत गौतम र गीता भेटवाल फिल्मको निर्माता हुन् । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन रहेको छ ।

साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लन्डनमा’ को अफिसियल ट्रेलर रिलिज (भिडियो)

चलचित्र‘इन्टु मिन्टु लन्डनमा’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको सिनेमा एक जोडीको प्रेमलाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।

चलचित्रको यस अघि सार्वजनिक गीत ‘उडायो हावाले’ ले दर्शकको मन जिती रहदा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रतिक्षीत चलचित्रको रुपमा हेर्न थालिएको छ ।

कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’अधिकांश छायांकन लन्डनमा गरिएकोछ भने केहि छायांकन नेपालमा पनि गरिएको हो ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार,अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतको मुख्य भूमि रहेको छ ।

असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा शैलेन्द्र धोज कार्कीको छायांकन ,टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

बहुपति संस्कृतिमा निमा रुम्बा र यशकुमारको ‘छिरिङ’को टीजर यस्तो छ

निमा रुम्बा र यशकुमार स्टाररचलचित्र ‘छिरिङ’को टीजर रिलिज भएको छ । यस अघि सार्वजनिक गीत ‘तिमीले त मायामा…’ हिट भए लगत्तै निर्माताले टीजर ट्रेलर सार्वजनिक गरेका हुन् ।

टीजरमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । खासगरि, लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई फिल्मले पेश गर्न खोजेको छ ।

कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन् । कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् ।

दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।