Monday , 17 December 2018
News update
Home >> Trailer (page 5)

Trailer

फ्राइडे रिलिज :‘नाई नभन्नु ल ५’ र ‘रेनी’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘नाई नभन्नु ल ५’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘नाई नभन्नु ल ५’ प्रदर्शनमा आएको छ। ‘नाई नभन्नु ल ५’लाई विकास आचार्यले निर्देशन गरेका हुन् ।

चलचित्रमा अनुभव रेग्मी र सेड्रिना शर्माको साथमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपालको मुख्य भूमिका छ । यो सिनेमाबाट अभिषेक नेपाल र सेड्रीना शर्माले डेब्यु गर्दैछन् ।

वन टाइम सिनेमाको ब्यानरमा तयार भएको योचलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।

‘रेनी’

त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘रेनी’ प्रदर्शनमा आएको छ ।रेनी’लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । बिमला मल्ल र संजीव मल्लले निर्माण रहेको यस चलचित्रमा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा मा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय तिखातारि लगायतका कलाकारले अभिनय गरेका छन् ।

जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको छ ।

प्रदीप खड्काको बहुप्रतिक्षीत चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक (भिडियो)

नायक प्रदीप खड्का अभिनित बहुप्रतिक्षीत चलचित्र ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।‘रोजी’ बाट नाम परिवर्तन ‘रोज’ राखिएको यस चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको बिच ट्रेलर सार्वजनिक गरिएको हो ।

यस अघि सार्वजनिक ‘फूल होइन…’बोलको गीतले बजारमा राम्रै चर्चा पाए सगै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा नायक प्रदीप खड्काको रोमान्टिक अवतारदेखि क्रिमिनल लुक्ससम्म देख्न सकिन्छ ।

चलचित्रमा प्रदीप खड्का सगै कर्मा शाक्य, परमिता एल आर राणा, मिरुना मगर ,रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय छ । । केदार भुषालको कथामा रहेको यस चलचित्रमा सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।

चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन्।चलचित्रमा अर्जुन पोखरेल र एलिस कार्की संगीत रहेको छ भने कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।चलचित्रलाई राजु विक्रम थापाले खिचेका हुन् ।

गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोज’भदौ २२ मा देशव्यापी प्रदर्शन हुँदैछ । चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेलहुन् भने आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ ।नेपाल र टर्कीमा छायांकन गरिएको फिल्म प्रदीप खड्काको स्टारडमले पनि अवेइटड छ ।

फ्राइडे रिलिजमा ‘मिस्टर भर्जिन’,‘ब्ल्याक’ र ‘जय शम्भु’ भिड्दै

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘मिस्टर भर्जिन’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘मिस्टर भर्जिन’ प्रदर्शनमा आएको छ।वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् ।

चलचित्रमा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ गिरी रहेका छन् ।

‘ब्ल्याक’

त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘ब्ल्याक’प्रदर्शनमा आएको छ ।चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा आकाश श्रेष्ठ , आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको मुख्य भूमिका रहेको छ ।मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् ।

आश्मा फिल्मस्को प्रस्तुति रहेको चलचित्र ‘ब्ल्याक’ लाई आश्मा पाण्डे गरेकी हुन् । चलचित्रमा रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।

‘जय शम्भु’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘जय शम्भु’ पनि प्रदर्शनमा आएको छ ।चलचित्र ‘जय शम्भु’ लाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् ।राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य हुन् ।

चलचित्रमा अनुप विक्रम शाही , प्रशान्त ताम्राकार, बर्षा सिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको एक्सन लभस्टोरी जानरामा निर्माण भएको चलचित्र ‘जय शम्भु’ हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक (भिडियो)

भाद्र १५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक गरिएको छ ।६ वर्षिय बालक आयुव सेनको निकै ससक्त अभिनय रहेको ‘मेरी मामु’ को यस अघि सार्वजनिक गीतले राम्रै चर्चा बटुलेको छ।

प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुतीमा सन्तोष सेनको निर्माण रहेको ‘मेरी मामु’ लाई पछिलो समय एउटा सम्भावना बोलेको चलचित्रको रुपमा हेरिएको छ ।एउटा बालक र उसको आमाको आत्मियताको कथालाई चलचित्रले उठान गरेको छ ।

चलचित्रमा आयुव सेन सगै अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहने छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ ।

‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ ।चलचित्रमा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । बनिश शह र भुपेन्द्र अधिकारीले चलचित्रलाई सम्पादन गरेको छन् ।रेशम जंग शाह चलचित्रका कार्यकारी निर्माता हुन्।

वरुण धवन र अनुष्का शर्मा अभिनित ‘सुई धागा’को ट्रेलर सार्वजनिक (भिडियो)

वरुण धवन र अनुष्का शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘सुई धागा : मेड इन इन्डिया’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा महात्मा गान्धीको ‘मेड इन इन्डिया’ विचारबाट प्रेरित भएर निर्माण गरिएको छ । चलचित्रमा वरुण र अनुष्का पति-पत्नीको भूमिकामा देखिएका छन् ।

सेप्टेम्बरमा २८ मा रिलिज हुने सुई धागालाई यशराज फिल्म्सले निर्माण गरेको हो ।मनीष शर्मा निर्मित फिल्मको रिलिज डेट गान्धी जयन्तीको दिन राखिएको हो । ‘सुई धागा : मेड इन इन्डिया’ लाई शरत कटार‍ियाले निर्देशन गरेका हुन् ।

फ्राइडे रिलिज: ‘कहिँ कतै’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘कहिँ कतै’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘कहिँ कतै’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘कहिँ कतै’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘कहिँ कतै’ प्रदर्शनमा आएको छ।चलचित्र ‘कहिँ कतै’ लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

रोमान्टिक र फेमिली ड्रामामा रहेको ‘कहिँ कतै’मा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायत मुख्य अभिनय रहेको छ । यस फिल्म मार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् । अधिकांश छायांकन सिक्किममा गरिएको फिल्मको केही भाग काठमाडौंमा गरिएको छ ।

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् ।

चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक,मंसिर २१मा रिलिज (भिडियो)

बुधबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथमा आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ ।

नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुती रहेको चलचित्र ‘शिरफूल’ रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

‘शिरफूल’लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलको यो डेब्यु निर्देशन हो । यस अघी नै चलचित्रको दुई गीत ‘आज किन’ र ‘शिरफूल’ टाइटल गीत सार्वजनिक गरिसकिएको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने संगीत हरी लम्साल र देवराज आले मगरको रहेको छ । चलचित्रका गीतमा आवाज भने आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको रहेको छ ।

चलचित्रमा कथा नायक पनि रहेका देवराज आले मगर को रहेको छ ।चलचित्रलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् ।नेपालमा मंसिर २१ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ भने विदेशका १६ वटा देशका मुख्य मुख्य सहरमा भने चलचित्रको प्रदर्शन हुने पक्का भएको छ । ‘शिरफूल’मा आशिर्वाद पुन मगर को लगानी रहेको छ ।

बिर्तामोड बाट ‘ब्ल्याक’ले सुरु गर्यो मोफसलमा चलचित्रको प्रचार प्रसार

यहि भाद्र १ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याक’ले अहिले प्रचार प्रसारको लागि मोफसलका मुख्य मुख्य सहरको यात्रामा रहेको छ ।आकाश श्रेष्ठ र आँचल शर्मा को मुख्य भूमिका रहेको ‘ब्ल्याक’ले बिर्तामोडमा पत्रकार भेटघाट गर्दै फिल्मले उठाएको बिषयको बारेमा जानकारी गराएको छ ।

स्थानिय पत्रकारबाट अन्य फिल्म भन्दा ‘ब्ल्याक’ के कारणले फरक छ भनि आएको प्रश्नमा निर्देशक प्रदिप श्रेष्ठले सबैजसो फिल्मले उठाउने लभस्टोरी कहिँकतै ठोकिन जाने भएता पनि ‘ब्ल्याक’को प्रस्तुती केहि भिन्न भएको दाबी गरे । ‘फिल्मले जिन्दगीका रङहरुको ब्याख्या गरेको छ, निर्देशक श्रेष्ठले भने ।

बोर्तामोड र दमक सकाएर इटहरी पुगेकी निर्मात्री आश्मा पाण्डेले आफु पुर्बकै चेली भन्दै फिल्म निर्माणमा आफ्नो उपस्थितीलाई दरिलो बनाउन र आफुलाई सफल बनाउनको लागी सबै पुर्बेली दर्शकको साथ र सहयोगको अपेक्षा राखिन् । लगानीमा कुनै कन्जुस्याइँ नगरेको र प्रोडक्ट उत्कृष्ट बनेको भन्दै हल पुग्ने दर्शकलाई आफ्नो फिल्मले निराश नबनाउने तर्क पाण्डेको छ ।

‘मानिसको जीवनमा आइपर्ने उतार चढाव सामना गरेर अघि बढ्न चलचित्रले प्रेरणा दिन्छ । पाण्डेले भनिन्,‘ २ करोड बढी लगानी भएको छ, त्यो लगानी उठ्ने नउठ्ने भन्दा पनि समाजमा भइरहेका घटना वरीपरी फिल्म घुमेकोले सकारात्मक सन्देश फिल्मले दिनेमा आशा छ ।’

अभिनेत्री आँचलले ‘ब्ल्याक’ आफुले यसअघि गरेका फिल्म भन्दा भिन्न रहेको भन्दै आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व फिल्मले गरेको दाबी गरिन् । बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा फिल्मले बोकेको भन्दै पछिल्लो पुस्ताका युवाहरुको जीवन कसरी अन्धकारमा पर्छ र त्यसलाई उज्यालोतर्फ डोर्याउँदा आइपर्ने अनेकन परिस्थितीको वरीपरी फिल्म घुमेको उनको तर्क छ ।

उता केहि समयको अन्तरमा पर्दामा आउँदै गरेका अभिनेता आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश फिल्मले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष ‘ब्ल्याक’ले दिलाउने बताए ।

मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन् ।

सोमबार बिर्तामोड र दमक पुगेको टिमले मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवल हुँदै पोखरा पुगेर स्थानिय सञ्चारकर्मी तथा दर्शकसँगको साक्षात्कारपछि आफ्नो यात्रा टुङ्ग्याउने छ ।

सलमान खानको ज्वाँई आयुष शर्मा अभिनित ‘लवरात्री’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘लवरात्री’को ट्रेलर सार्वजनिक गरिएको छ ।सलमान खानले आफ्नो ब्यानरमा निर्माण भएको ‘लवरात्री’बाट सलमानको बहिनि ज्वाँई आयुष शर्माले बलिउडमा डेव्यु गर्दैछन् ।

रोमान्टिक लभस्टोरीमा गुजरातको कथामा निर्माण गरिएको यस चलचित्रमा वरीना हुसैनले पनि बलिउडमा डेव्यु गर्दै छन् । सार्वजनिक ट्रेलरमा आयुष र वरीनाको केमेष्ट्रि आर्कषक देखाइएको छ ।

चलचित्रमा आयुष र वरीना सगै राम कपुर, रोनित राय,सोहेल खान अरबाज खान लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यस चलचित्रलाई अभिराज मीनावालानिर्देशक गरेका हुन् । चलचित्र  ५ अक्टुबर बाट प्रदर्शनमा आउदैछ ।

चलचित्र ‘रेनी’को ट्रेलर र गीत सार्वजनीक(भिडियो )

आइतबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘रेनी’ को ट्रेलर र गीत सार्वजनीक गरिएको छ । भाद्र ८ गतेदेखि प्रदर्शनमा आउने त्रिकोणात्मक प्रेमकथानक चलचित्र ‘रेनी’ को मलाई नाइँ नाइँ बोलको गीत सार्वजनिक गीतमा पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् ।

गीतमा नवअभिनेत्री सनम मल्ल र अभिनेता दिपक ढकाललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । चलचित्रमा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल,सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे,गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् ।

कार्यक्रममा निर्मात्री बिमलाले निकै मिहीनेतका साथ राम्रो फिल्म बनाएकाले सफल हुनेमा आफूहरु बिश्वस्त रहेको बताइन् । उनले आफूहरु फिल्म क्षेत्रमा नयां भए तापनि फिल्म चाहिं परिपक्क बनेको उल्लेख गरिन् । चलचित्रलाई गिरिश रिजालको निर्देशन गरेका हुन्।

फिल्मकी स्क्रिप्ट राईटर र गीतकार समेत रहेकी नवअभिनेत्री सनमले ‘रेनी’ मा मायाप्रेम, हासो, रोदन, द्धन्द्धका साथमा सामाजीक बिषयलाई प्रस्तुत गरिएको जानकारी दिइन् । उनले आफू नयाँ भएकाले सबैको माया र साथले नै अघि बढ्न हौसला मिल्ने बताइन् ।

अभिनेता दीपकले रेनीको स्क्रिप्ट निकै मन परेको बताउदै आमदर्शकले फिल्म सफल गराइदिने बिश्वास ब्यस्त गरे । निर्देशक गिरिशले रेनी आफ्ना लागि बिशेष भएको बताउदै दर्शकले पनि मन पराउने दावी गरे । त्यसैगरी, कार्यक्रममा कमेडीयन टंक डुम्रे र बिजय तिखातारिले पनि आफ्नो भूमिकाबारे प्रष्ट्याएका थिए ।



शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । जयराम रिजालले खिचेको फिल्मका गीतमा बिनोद खुम्बुको पनि संगीत छ । फिल्मको द्धन्द्ध राजु किराँतीले निर्देशन गरेका हुन् ।