Saturday , 22 September 2018
News update
Home >> Videos

Videos

साम्राज्ञी र धिरजको‘इन्टु मिन्टु लण्डनमा’ शनिबार देशभरी हाउसफुल, करोड कलेक्सनको अनुमान(भिडियो)

शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ शनिबार देशै भरिका सिनेमा घरमा हाउसफुलको व्यापार गरेको छ । पहिलो दिन शुक्रबार नै यस बर्षको बम्पर ओपनिङ गरेको यस चलचित्रले शनिबार सबै हलमा हाउसफुलको व्यापार गरेको हो।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’शनिबार राजधानीका मल्टिप्लेक्सहरु क्यूएफएक्स, बिग सिनेमा, एफक्युव सबैमा १०० प्रतिशतको अकुपेन्सी कायम गरेको छ ।त्यस्तै गोपीकृष्ण राजधानीका गोपिकृष्ण, अष्टनारायण,गुण लगायतका हलमा चलचित्रले हाउसफुलको व्यापार गरेको छ ।

यता मोफसलका चितवन, पोखरा,बुटवल ,धरान लगायतका मुख्य मुख्य सहरमा चलचित्रले हाउसफुलको व्यापार गरेको छ ।चितवनमा शुक्रबार मात्र मात्रै ४ लाखको व्यापार गरेको ‘इन्टु मिन्टु लण्डनमा’ शनिबार ११ लाख माथिको कलेक्सन गरेको छ ।शनिबार चितवनको इन्द्रदेव सिनेमा र क्यूएफएक्समा सबै सो हाउसफुल भएको छ ।पोखरमा पनि चलचित्रले चितवनकै हाराहारीमा व्यापार गरेको छ।

शुक्रबारको देशै भरिको कलेक्सन सार्वजनिक न गरिए पनि ६० लाखको हाराहारी चलचित्रले कलेक्सन गरिएको अनुमान गरिएको छ ।शनिबार देशै भरिका हल बाट करोडको हाराहारीमा कलेक्सन गर्ने अनुमान गरिएको छ।

कोरियोग्राफर रेनेशा वान्तवा राईले ‘इन्टु मिन्टु लण्डनमा’ लाई निर्देशन गरेकी हुन् ।चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरका अलवा शारुक ताम्राकार अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतको अभिनय रहेको छ ।

आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ ।

नायिका प्रियंका कार्कीले गरिन् गायक सरोज ओलीसँग रोमान्स (भिडियो सहित)

प्रियंका कार्की र सरोज ओली अभिनित “ए कालु” बोलको म्युजिक भिडियो रिलिज भएको छ। चर्चित गायक ओली म्युजिक भिडियोमा नायिका प्रियंकासँग रोमान्स गर्दै देखा परेका छन् ।

“तिमीलाई देखेपछि आई लभ यु”,“जता जता पिरतीको बाटो”,“माछीले खाने खोलीको लेऊ”,“पानी कुवाको” जस्ता हिट गितका गायक हुन् सरोज ओली । गायनसँगै सरोजले अभिनयको यात्रालाई “ए कालु” म्युजिक भिडियो मार्फत पनि निरन्तरता दिएका छन् ।

मेलिना राईको आवाजमा स्वबद्ध गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् । चन्द्र घिमिरेले लेखेको शब्दमा बसन्त सापकोटाले संगीत दिएका छन् । सुदीप बरालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

भारतीय मोडल करण वर्माकोअभिनय रहेको नेपाली फिल्म ‘दि कर्मा’ को टिजर सार्वजनिक

चलचित्र ‘दि कर्मा को टिजर युट्युब मार्फत् सार्वजनिक गरिएको छ । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको चलचित्र ‘दि कर्मा’ मंसिर ७ गतेलाई प्रदर्शनमा आउने भएको छ । करण ’मिस्टर इन्डिया २०१७’ का विजेता समेत हुन् ।

चलचित्र ‘दि कर्मा’ मा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जय राज रायले निर्माण गरेको फिल्म ‘दि कर्मा’ लाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् ।निशा खतिवडा निर्मात्रीको रुपमा नेपालको तराई क्षेत्रमा छायांकन गरिएको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व ,संगीत कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारी रहेको छ ।

चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीले छायांकन रहेको छ । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।

चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने,नायकमा केवल जंग कुँवरले डेब्यु गर्दै (भिडियो)

राजु अधिकारीको निर्देशनमा चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने भएको छ। शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा पूजा गरेर चलचित्रको शुभ साइत गरिएको छ ।

ओम साई भक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुती रहने फिल्मलाई बसन्त शर्मा र मात्रिका बजिमयले निर्माण गर्दैछन् । असोज ७ गतेबाट फिल्मको छायांकन हुने निर्देशक अधिकारीले बताए ।

चलचित्रमा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजको अभिनय रहनेछ ।यसै चलचित्र बाट नव नायक केवल जंग कुँवरलेडेब्यु गर्दैछन् ।

चितवन र मनाङ्गमा छायांकन हुने ‘मेरो आफ्नो’ मा मौनता श्रेष्ठको लेखन, हिमाल केसीको द्वन्द्व र पवन गौतमको छायांकन रहने छ । फिल्म पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको हो ।

चलचित्र निर्जलाको ‘यसपालीको दशैंमा’ बोलको गीत सार्वजनिक (भिडियो)

असोज १९ गतेबाट प्रर्दशन हुन लागेको फिल्म निर्जलाको दशैं विषेश गित रिलिज भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच यो गित रिलिज गरिएको हो ।

यसपालीको दशैंमा…… बोल रहेको यो गितमा दिनेश सुबेदीको शब्द,बाबुल गिरिको संगीतमा बाबुल गिरि र सुजाता बर्माले स्वर दिएका छन् ।यो गितको भिडियोलाई भने कमल राईले कोरीयोग्राफी गरेका छन् ।

राजु गिरिले निर्देशन गरेको फिल्म निर्जलालाई प्रकास चन्द्र न्यौपानेले निर्माण गरेका हुन्, भने रबि कोईरालाको छायांकन र तारा थापा किम्भेको सम्पादन गरेको छ ।

फिल्ममा किशोर खतिवडा,सुभेक्छा थापा,राजकुमार थापा,निक शर्मा,रुमि भट्ट,स्याम राई,पल्पसा ढंगोल,सुरबिर पण्डीत लगायतले अभिनय गरेका छन् ।

प्रताप दासको स्वरमा चलचित्र ‘अनुराग’को नया गीत सार्वजनिक (भिडियो)

असोज १२ प्रदर्शनमा आउन लागेको चलचित्र ‘अनुराग’को नयाँ गीत रिलिज भएको छ।प्रताप दासको स्वर रहेको चलचित्र ‘अनुराग’को सार्वजनिक गीतमा सत्यराज एसआरसीको शब्द तथा सरोज पोख्रेलले संगीत रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार समुन्द्र पण्डित फिचरिङ छन्। जहाँ उनी एक कन्सर्टमा गीत गाईरहेको देख्न सकिन्छ।

चर्चित पत्रकार ऋषि धमला श्रीमती एलिजा गौतमद्वारा निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।चलचित्रमा एलिजा गौतम सगै समुन्द्र पन्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।एरिका फिल्म्सको ब्यानरमा बनेको अनुरागमा भरत गौतम र गीता भेटवाल फिल्मको निर्माता हुन् । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन रहेको छ ।

चलचित्र ‘डोली’को “झ्यानाकुटी झ्याई”गीत सार्वजनिक (भिडियो)

सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘डोली’को गीत सार्वजनिक गरिएको छ । “झ्यानाकुटी झ्याई” बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान र संगिता नापित लगायतका कलाकारहरु फिचर्ड गरिएको छ ।

सार्वजानिक गितमा हरि उप्रेतीको शब्द, सि.डि बिजय अधिकारीको संगित तथा अधिकारीसँगै मेलिना राईको स्वर रहेको छ भने भिडियोमा कोरियोग्राफी श्री कृष्ण परियारको रहेको छ ।

२८ मंसिर रिलिज डेट तोकेको चलचित्र ‘डोली’ राजबहादुर सानेको लेखन तथा निर्देशनमा तयार भएको हो । जय राम थापाको छायांकन रहेको यो चलचित्रमा पृथ्विराज प्रसाई, किशोर खतिवडा, अर्जुन गुरुङ, हिमवाला गौतम, नविनराज रेग्मी, शानिया खान, संगीता नापित लगायतका कलाकारको मुख्य भूमिका छ ।

किरण नेपालीको निर्माण रहेको यस चलचित्रमा सीडी बिजय अधिकारी, राजकुमार बगर, पुरुषोत्तम न्यौपाने, बाबुल गिरीको संगीत रहेको छ । चलचित्रको छायांकन नुवाकोटबाट सुरु भएर रारा, जुम्ला तथा काठमाण्डौमा सकिएको हो ।

चर्चामा गायक हेमन्त शर्माको ‘बरिखा’,युट्युब ट्रेण्डिङमा पाचौ नम्बरमा (भिडियो)

आधुनिक गायन क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाएका चर्चित गायक हेमन्त शर्माको नया गीत ‘बरिखा’ को म्यूजिक भिडियो सार्वजनिक
भएको छ ।गीतमा हेमन्त शर्माकै शब्द तथा संगीत छ । सांगीतिक कार्यक्रमका सिलसिलामा धेरै पटक सुदूरपश्चिम पुगेका गायक शर्माले यस पटक भने त्यहिँको जनबोलीलाई सम्बोधन गरेर गीत रेकर्ड गराएका छन् ।

भिडियोमा मोडलहरु सारा सिर्पाली, एलिसा राई, अलिसा शर्मा, सुनिल क्षेत्री र भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ ।गीतको भिडियोलाई राहुल शाहले निर्देशन गरेका हुन् । पवन सुस्लिङको छायांकन रहेको यो भिडियोलाई रोचक शैलीमा तयार पारिएको छ ।

हालै सार्वजनिक गरिएको यस गीत अहिले युट्युबमा ट्रेण्डिङमा समेत आउन सफल भएको छ। पछील्लो समय युट्युब ट्रेण्डिङको एउटा ट्रेन नै चलेको बेला गायक शर्माको ‘बरिखा’ नेपालको युट्युब ट्रेण्डिङमा  पाचौ नम्बर  आउन सफल भएको हो। सार्वजनिक गरेको केही समयमै भिडियो ट्रेण्डिङमा पर्नुभनेको नेपाल बाट धेरै हेरिनु हो। त्यस्तै यो समाचार तयार पार्दा समेत यस गीतलाई ३ लाख ६६ हजार माथिले हेरेका छन् भने १६ हजार लाइक र ३ सय ५२ डिसलाइक छ।

साम्राज्ञी र धिरज मगरको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को नयाँ गीत रिलिज (भिडियो)

यहि असोह ५ गते शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को नयाँ गीत रिलिज गरिएको छ । साम्रज्ञी राज्यलक्ष्मी शाह र डेव्यु नायक धिरज मगरलाई फिचरिंग गरिएको ‘आई एम इन्टु सि इज मिन्टु’मा सुजिल कमार्चायको शब्द तथा संगीत, केतन क्षेत्री र सुजिल कमार्चायको स्वर छ । गीतमा फिमेल स्वरमा श्रेया सोताङ्गले साथ दिएकी छन् ।

चलचित्रको सार्वजनिक गीत संगीतर ट्रेलरबाट दर्शकमाझ एक प्रकारको हाइप बनाइसकेको छ । सिनेमाको स्टार कास्ट र मेकिङ्गको अहिले सिनेमा बजारमा निकै चर्चा भैरहेको छ ।चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरका अलवा शारुक ताम्राकार अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ ।

यहि चलचित्र बाट चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेव्यु गर्दैछिन् ।आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ ।

चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक

नेपाली चलचित्र क्षेत्रमा सर्बाधिक चर्चा कमाउन सफल चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। अघिल्लो बर्षहरुको सर्बाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलमा बनेको फिल्म ‘छक्का पञ्जा ३’को पोस्टर संबिधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ ।

यस अघि फिल्मको गीतहरु ‘पहिलो नम्बर’ र पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ” सार्वजनिक भइसकेको छ। पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाह गरेका सबै कलाकारहरुको अनुहार समेटिएको छ।

फिल्ममा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन्।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।

दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।दसैंको फुलपातीको दिन चलचित्र रिलिज हुनेछ ।