फेरी हेर्नुहोस 'राजनिती' : शिवरात्रीका दिन च्यरिटि शो हुने

चितवनमा पछिल्लो समय चलचित्रको च्यारिटि सो गर्ने क्रम बढेको छ । चलचित्र झोलाको एकै सातामा दूई पटक च्यारिटि गरेको चर्चा नसेलाउदै फेरी अर्को चलचित्रको च्यारिटि सो हुने भएको छ । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिकले श्री रामजानकी बालिकाश्रम देवघाटमा आश्रित बालबालिकाहरुको सहयोगार्थ अगामी फाल्गुन १५ गते नेपाली कथानाक चलचित्र राजनीतिको च्यारिटी शो गर्ने भएको हो ।

पत्रिका सञ्चालकहरुको आइतबार सम्पन्न बैठकले अगामी फाल्गुन १५ गते महाशिवरात्रीको दिन च्यारिटी शो गर्ने निर्णय गरेको पत्रिकाका प्रकाशक हरी कार्की लक्कीले जानकारी दिनुभयो । बालिकाश्रममा आश्रित बालिकाहरुको शिक्षा तथा उनीहरुको पालन पोषणमा सहयोग पुयाउने उद्देश्यले आर्थिक संकलन गर्न फिल्मको च्यारिटी शो गर्न लागिएको उहाले बताउनुभयो ।

बसन्त निरौलाको निर्देशन रहेको फिल्म गत भदौ २८ गते नै देशभर प्रदर्शन भइसकेको छ । फिल्ममा राजेश हमाल, कोमल वली,  पवित्रा आचार्य, रमेश बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

सन्नी लियोनको भिडियो फेरी पोर्न वेभसाइटमा

Read Next

जय हो ले १०० करोड कमायो