हेर्नै पर्ने नेपाली पारिवारीक कथानक चलचित्र “मुटु”

राजेन्द्र कार्की
नेपाली चलचित्रका पारखीहरुको लामो प्रतिक्षा पछि माघ २४ गते देश भरका लगभग ७० वटा चलचित्र गृहहरुमा बढो भिडभाडका साथमा सुर्य बोहराद्धारा निर्देशित कथानक चलचित्र मुटुको भब्य प्रर्दशन भइरहेको छ । पारिवारीक र समाजिक कथा वस्तु रहेको यस चलचित्रमा एउटा आमाको भावना, बालकको मर्म, आफ्ना सन्तानको मायाले छटपटाई रहेको आमाको हृदय(मुटू) लाई जीवन्तरुपमा प्रस्तुत गरिएको छ । फिल्मी सिटी निमार्णको चर्चामा रहेको तथा पर्यटकिय, धार्मीक र प्राकृतिक सुन्दरताले ब्याप्त रहेको जिल्ला दोलखाको क्षेत्रलाई दृष्याकंनको मुख्य केन्द्र बनाइएको चलचित्रमा कालिनचोक भगवती क्षेत्र वरपरका उच्च पहाडी भेग, चरिकोट, खरिढुङ्गा लगायतका क्षेत्रका सुन्दर र आकर्षक दृष्यहरु चलचित्रमा देख्न पाइन्छ । अभिनयको सन्र्दभमा अलि चर्चामा रहँदै आइरहेकी केकी अधिकारी चलचित्रकी नायिका हुन भने म्यूजिक भिडियो मार्फत नाम र दाम कमाउन सफल मोडल बिमलेश अधिकारी नायकको भूमिकामा देखिएका छन् ।
1891184_289043294577633_1553058575_n६० लाख लागतमा निमार्ण भएको यस चलचित्रको मुख्य आकर्षक पात्रको रुपमा बालकलाकार सुप्रिम बिक्रम शाह रहेका छन् । मुटु सँगसँगै राजधानी लगायत देशका विभिन्न चलचित्र गृहहरुमा चर्चामा रहेका चलचित्रहरु “मोक्ष” र “झोला” पनि प्रतिस्पर्धामा रहेका छन् । पहिलो दिनको चलचित्रको आकर्षणलाई मध्यनजर गर्दा तुलनात्मक रुपमा “मुटु” प्रति दर्शकहरुको झुकाव राम्रो रहेको पाइएको छ । प्रविण श्रेष्ठद्धारा निर्देशित मोक्ष जीवनका कथा–ब्यथा तथा आरोह–अवरोहहरुलाई प्रस्तुत गरिएको चलचित्र हो । अर्को यादव भट्टराईद्धारा निर्देशित चलचित्र “झोला” करिब सय वर्ष अघि देशमा प्रचलनमा रहेको सति प्रथा अन्र्तगत अमानविय भावना, कटुपिंडा र बाध्यात्मक परिस्थीती रहेको ऐतिहासिक पृष्ठभूमिलाई प्रस्तुत गरिएको छ ।  एकै साथ प्रर्दशनमा रहेका तिनै चलचित्रहरु बेजोडका रहेता पनि जीवन्त अभिनयबाट चर्चामा रहेकी नायिका केकी अधिकारी र म्यूजिक भिडियोमा राम्रै जमेका मोडल बिमलेश अधिकारी साथसाथै बालकलाकार जो सह–निमार्ता, सह निर्देशक, कोरीयोग्राफर, संगितकार सुरेन्द्र बिक्रम शाहका सुपुत्रका कारण पनि ति दुइ चलचित्रहरुका तुलनामा बजारमा आकर्षक बन्न सकेको छ । चलचित्र मुटुले गाना र प्राकृतिक तथा धार्मिकका साथै मनोरम दृष्यहरुका कारण दर्शकहरु धेरै नै रोमान्चित हुने नै छन्, भने अग्नि परिक्षा, कान्छा जस्ता भब्य चलचित्रका निर्देशन गरिसकेका सुर्य बोहराले १४ वर्ष पछि, पुनः निर्देशित चलचित्र पनि हो । सबै पक्षबाट सुन्दर बन्न सफल पारिवारीक कथानक चलचित्र “मुटु”ले दर्शकको अपार माया पाई मनग्यै आम्दानी गर्न सक्नेमा चलचित्र क्षेत्रमा संलग्नहरुको मत रहेको छ।

Namaste Filmy

Read Previous

भ्यालेन्टाइन डे नजिकिदै गर्दा प्रपोज डे को अवसर पारेर निर्देशक राजु गिरीले नायिका समिक्षा अर्याललाई प्रेम प्रस्ताब राखे ..

Read Next

दिपक खांडको पिरती छुटेको कुरा