‘सुन्तली’को "पानी बिना "बोलको गीत सार्वजनिक ( भिडियो सहित )

चलचित्र ‘सुन्तली’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक “पानी बिना “बोलको गीतमा जसन कुवरको संगीत तथा जसन कुवर र सुम्निना सिंहको स्वर रहेको छ ।गीतको नूत्य निर्देशन भने रेनाषा बान्तवा राईको रहेको छ ।चलचित्रका मुख्य कलाकारहरु कर्मा,अर्पण ,सूर्यमाला,प्रियंकाको साथमा पुष्प आचार्य लगायतलाई गीतमा फिचरिंग गरिएको छ ।
suntaliसिनेमा हल सञ्चालन, निर्माण र वितरणमा संलग्न रहँदै आएका भाष्कर ढुंगानाद्वारा निर्देशित यो पहिलो चलचित्र हो। करिब डेढ करोड लगानी रहेको भनिएको चलचित्र ‘सुन्तली यहि फागुन १ गते बाट प्रदर्शनमा आउदैछ । निर्देशक ढुंगानाकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद प्रविण अधिकारीले तयार पारेका हुन् ।चलचित्र एउटा नारीको बदलाको कथामा आधारित रहेको छ ।चलचित्रमा प्रियंका कार्कीको शीर्ष भूमिका रहेको फिल्म सुन्तलीमा कर्मा, अर्पण थापा, सूर्यमाला शर्मा, राजकुमार पुडासैनी, प्रमोद अग्रहरी, आशान्त शर्मा लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

सुदर्शन र पुजालाई ‘के गर्दा मिल्छ मिठो पिरती’ हेर्नुहोस (भिडियो सहित )

Read Next

'होस्टेल रिटर्न्स`को लाइभ प्रस्तुतीमा प्रोमो र फष्टलुक पोस्टर सार्वजनिक