'होस्टेल रिटर्न्स`को लाइभ प्रस्तुतीमा प्रोमो र फष्टलुक पोस्टर सार्वजनिक

hostel returnsआगामी बैशाख २५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल रिटर्न्स`को प्रोमो र फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार क्याम्पियन कलेजको एक कार्यक्रमको मौका छोपेर निर्माणपक्षले चलचित्रको पहिलो अनुहार सार्वजनिक गरेको हो । फिल्मको प्रोमोमा कलाकारले लाइव  प्रस्तुती दिएका थिए ।
hostel returns1चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का, सुशिल सिटौला, अभय बराल, प्रदिप चौधरी, सुधाम सिके लगायतले प्रोमोमा अभिनय गरेका थिए । चलचित्र ‘होस्टेल रिटर्न्स`अघिल्लो बर्षको हिट चलचित्र ‘होस्टेल” को सिक्वेल चलचित्र हो ।दुर्गिस फिल्मस्को ब्यानरमा चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् ।दुर्गिस फिल्मस्ले यस अघि ‘सायद र होस्टेल’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ ।चलचित्र ‘होस्टेल रिटर्न्स`लाई सुरज भुषालले निर्देशन गरेका हुन् ।
hostel returns2
 

Namaste Filmy

Read Previous

‘सुन्तली’को "पानी बिना "बोलको गीत सार्वजनिक ( भिडियो सहित )

Read Next

"रेशम फिलिलि" युट्युब अडियो सार्बजनिक