स्पाइडर म्यान र उनकि गर्लफ्रन्ड ले नेपालमा सहयोग गर्ने ।

फाल्गुन १३ ।
चर्चित हलिउड अभिनेता एन्ड्यु गारफिल्ड र अभिनेत्री एम्मा स्टोन ले नेपालको बायोग्यास अभियानमा सहयोग गर्ने भएका छन । एम्मा र एन्ड्यु एकअर्काका प्रेमी प्रेमीका हुन । सुपरहिट हलिउड फिल्म ‘स्पाइडर म्यान’बाट संसारभरका परिचित बनेका यी जोडिले राष्ट्रसंघिय नियोग डब्लुडब्लुएफले संचालन गरेको अर्थ आवर कार्यक्रम अन्र्तगत नेपालको तराई क्षेत्रका बालबालिकालाई सहयोग गर्ने भएका हुन ।emma-stone-andrew-garfield-spider-manजसको लागि उनले ‘स्पाइडरम्यान’को आगामी सिक्वेललाई सिंगापुरमा च्यारेटी पनि गर्ने भएका छन् । एन्ड्रिउप्रति खुशी व्यक्त गर्दै नेपाली बालबालिकाले ‘आई लभ यू स्पाइडरम्यान’ भन्दै भिडियो सन्देश पनि पठाएका छन् । ‘स्पाइडरम्यान’ विश्वकै बालबालिकामा निक्कै लोकप्रिय छ । हलिउड हिरोले दाउरा टिप्न जानुको सट्टा बालबालिकालाई स्कुलमा आकर्षण गर्न आफू अगाडि बढेको जनाएका छन् । डब्लुडब्लुएफले संसारका ७ हजार सहर र १५४ देशमा अर्थ आवर मुभमेन्ट संचालन गर्ने भएको छ । यसअघि ‘टाइटानिक’ हिरो लियोनार्दो डिकाप्रियोले पनि नेपालको बाघ संरक्षणका लागि ३० करोड रुपैयाँ सहयोग गरेका थिए ।

Namaste Filmy

Read Previous

चलचित्र मिस नेपाल प्रदर्शन रोक्न खोज्यो हिड्रेन ट्रेजरले । शुभेच्छा भन्छिन : 'के उहाहरु दोस्रो सेन्सर हो र ? '

Read Next

शाहिद कपुरले जन्मदिन मनाए ।