चलचित्र रक्तभोगको एउटै टिकट २५ हजारमा बिक्रि

एउटा चलचित्र हेर्न तपाईले कतिसम्म खर्च गर्नुहुन्छ? २ सय, ३ सय या ५ सय ? तर सुन्दै अचम्म लाग्ने गरी चलचित्र रक्तभोगको एउटै टिकट २५ हजारमा विक्रि भएको छ ।बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको सत्य घटनामा आधारित चलचित्र रक्तभोगको शनिवार नारायणगढको सिम्याक्समा भएको पहिलो च्यारिटी सो हेर्न भरतपुरकी व्यवसायी गंगा खड्काले एउटै टिकट २५ हजार रुपैयामा किनिन । उनी मात्रै होईन, चितवनकै माडीमा २०६८ सालमा घटेको दर्दनाक र कहाली लाग्दो घटनालाई पर्दामा हेर्न चितवनबासीले १७ हजार, ११ हजार, १० हजार र ५÷५ हजारका धेरै टिकट किनेकोे चलचित्रका निर्माता रामचन्द्र लम्सालले वताए ।
raktabhog
३० लाख भन्दा धेरै लगानीमा निर्माण भएको चलचित्रले पहिलो च्यारिटी सोबाट २ लाख रुपैया कमाएको छ । चलचित्रको पहिलो च्यारिटी सोमा सवैभन्दा धेरै मुल्यमा विक्रि भएको टिकटको २५ हजार रुपैया स्वर्गीय ढेगनीदेवीका छोरा र छोरीलाई हस्तान्तरण गरियो । भरतपुरको सप्तगण्डकी डिपार्टमेन्टल स्टोर्सकी प्रोपाईटर खड्काले आफु जस्तै सयौ एकल महिला अहिले पनि समाजमा बोक्सीको आरोपमा अपहेलित हुनु परेको भन्दै यसलाई हटाउने उद्देश्यले बनेको चलचित्र मार्फत ढेगनीका छोराछोरीलाई सहयोग गर्न पाउदा खुसी लागेको बताइन । चलचित्र हेरेपछि उनले निर्माण पक्षको मिहनेत देखेर आफुले चलचित्र हेर्न २५ हजार खर्च गरेकोमा कुनै पछुतो नभएको बताईन ।
भरतपुरको एसओएस वालग्राम अन्र्तगतको हर्मन माईनर स्कुलको ६ कक्षामा पढिरहेका ढेगनीका छोरा समिर महतो र ४ कक्षामा पढ्ने उनकी बहिनी मीना महतोलाई चितवनका प्रमुख जिल्ला अधिकारी मानवहादुर बिकेले रकम हस्तान्तरण गर्नुभयो । साथै ५ हजार भन्दा धेरैमा टिकट काट्ने व्यक्तिहरुलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।
३ वर्ष अगाडि आमालाई आफ्नै आखा अघि बोक्सीको आरोपमा जिउदै जलाएको देखेका समिर र उनकी बहिनीले फेरी एकपटक सवैलाई रुवाए । चलचित्रको पर्दामा आफ्नी आमालाई विभत्स तरिकाले मारेको दृश्य हेरेर रोएका दाजुबहिनीलाई चलचित्र सकिएपछि पनि मन थाम्न धेरै बेर लाग्यो । चलचित्रमा ढेगनीका छोराको भुमिका निभाएका बालकलाकार भुवन नेपाली समेत रुन थालेपछि चलचित्र हर्न आएका प्रमुख जिल्ला अधिकारी सहित, जिल्ला स्थित कार्यालय प्रमुख, डाक्टर, वकिल, महिला अधिकारकर्मी, व्यवसायी तथा सञ्चारकर्मीको समेत आखा रसाए ।
चलचित्रका निर्माता लम्सालले तथाकथित बोक्सीको आरोपमा अहिले पनि दिनहु सयौ महिला प्रताडित भैरहेको भन्दै आफुले यस विरुद्ध चलचित्रको माध्यमबाट अभियान शुरु गरेको बताए । उनले यो चलचित्रलाई देशव्यापी रुपमा गाउ गाउमा च्यारिटी सो गर्ने र त्यसवाट उठेको रकमको केहि अंशलाई छुट्टै कोष बनाएर महिला हिसँको विरुद्धमा खर्च गर्ने योजना रहेको बताए । प्रमुख जिल्ला अधिकारी बिकेले समाजमा रहेको बोक्सीको अन्धविस्वास हटाउन चलचित्रले भुमिका खेल्ने बताए । उनले चलचित्रको विषयवस्तु ठिक रहेको भन्दै यसले दिने सन्देशले समाजमा व्याप्त अन्धविस्वास हटाउन सहयोग गर्ने बताए । यो चलचित्र जतीसक्दो धेरै मानिसहरुलाई दखाउनुपर्ने भन्दै उनले यसको लागि आफ्ना तर्फबाट सहयोग गर्ने बताए । चलचित्रको पहिलो च्यारिटी हेर्न आएका विभिन्न सघसस्थाका प्रमुखहरुले आफ्ना सस्था मार्फत चलचित्र गाउगाउमा देखाउने ईच्छा व्यक्त गरेका थिए ।
विवि फुयालको निर्देशनमा बनेको चलचित्रमा ढेगनीदेवीको भुमिकामा नायिका सारिका घिमिरे देखिएकी छन । यस्तै अन्य कालाकारमा रामचन्द्र लम्साल, पोदराज पौडेल, शैलेस पौडेल, रचना पौडेल र ढेगनीकी छोरीको भुमिकामा स्वस्तिका तिमिल्सेना रहेका छन । ढेगनीदेवीको हत्या भएको समयमा उनका अपराधीलाई पक्रीएका प्रहरीहरु र ढेगनीका साथीहरु नै पर्दामा कलाकारको रुपमा देखिएका छन । यसले चलचित्रलाई अझै जिवत्न बनाएको निर्माता लम्सालले बताए ।

Namaste Filmy

Read Previous

"रेशम फिलिलि" युट्युब अडियो सार्बजनिक

Read Next

याद पिउन मिल्ने भए