अब फागुन ८ मा 'इच्छा'

माघ २ गते रिलिज गर्ने भनिएको चलचित्र ‘इच्छा’ देशको बिग्रिदो अवस्था र बेलैमा संविधान जारी हुन नसक्ने अवस्था जसले गर्दा विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द-हडतालका कारणले गर्दा रिलिज स्थगीत गरिएको थियो । अब भने चलचित्र ‘इच्छा’ फागुन ८ रिलिज हुने भएको छ ।
ichha-3चलचित्रका निर्देशक मुनाल घिमिरेक अनुसार माघ ८ गते अघि कहाँ कति बेला बन्द हुने भन्ने नसक्ने अबस्थाले गर्दा चलचित्रको रिलिज मिति सर्नु परेको नमस्ते फिल्मीलाई जानकारी दिनु भयो । फिल्मका निर्देशक मुनाल घिमिरे र लेखक प्रकाश घिमिरेले इच्छा समाजका हरेक मानिसको इच्छा भएको र हरेक बर्ग लक्षित फिल्म भएकोले जहिले चलाउदा पनि दर्शक हेर्न आउने बताउनु भयो ।चलचित्रमा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकाश पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतको कलाकारको अभिनय रहेको छ । रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको चलचित्रमा लगानी रहेको छ ।

Namaste Filmy

Read Previous

दिलिपलाई नन्दितासग मनको कुरा गर्न किन हिम्मत आएन हेर्नुहोस (भिडियो सहित )

Read Next

अस्ट्रेलियामा "श्री ५ अम्बरे'