"आगो २ "को बिशेष प्रदर्शन

यहि शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र “आगो २ ” सोमबार राजधानीको हिरारत्न कालोपुलमा बिशेष प्रदर्शन गरिएको छ । चलचित्र हेर्न गएका धेरै जसो मान्छेले चलचित्र निकै राम्रो बनेको र देशको वर्तमान अवस्थाको चित्रण गरेको भन्दै चलचित्र आगो भन्दा ‘आगो २’ अझै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।
aago2चलचित्र हेर्न आएका कलाकार ,पत्रकार तथा बिशेष अथितिको राम्रो प्रतिक्रियाबाट आफुले झनै ठुलो उत्साह मिलेको भन्दै चलचित्र चल्नेमा चलचित्रका निर्देशक मदन घिमिरे दुक्का भएका छन् । केहि बर्ष पहिले प्रदर्शन भइसकेको सफल चलचित्र “आगो”को सिक्वेलको रुपमा ‘आगो २’ निर्मााण भएको हो ।‘आगो’ प्रदर्शनमा आउँदा तत्कालिन सरकारले प्रदर्शनको लागि अवरोध खडा गरेको थियो ।
aago 2,चलचित्रमा शुशिल क्षेत्रि , गणेश गिरी , किशन सुनुवार , सारीका घिमिरे , प्रिया रिजाल लगायतको कलाकारको मुख्य अभिनय रहेको छ ।एस के एन सिनेमा प्रालीको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा किसान पोखरेलको प्रस्तुतीमा रहेको छ । चलचित्रको निर्मातामा बिजय लामा र गुणराज राजभण्डारी रहेका छन भने कर्ण थापा किरण कार्यकारी निर्माता रहेका छन ।आगो–२ देशमा विद्यमान राजनितिक बेइमानी, राजनितिक भष्ट्राचार, जालझेल, पदपैसा, प्रतिष्ठाका लागि वर्षौ देखि जनतालाई गुमराहमा राख्दै आइरहेका हाम्रा नेताहरुको अर्कमण्यताको विरुद्ध निर्माण गरिएको चलचित्र हो ।
aago2
 

Namaste Filmy

Read Previous

'बजरंगी भाईजान'को सुटिंगमा सलमान खान र कबीर खान बिच मनमुटाव

Read Next

विजयको सेलोमा झुमे चितवनका तन्नेरी ।