"ऋतु'को प्रचार प्रसारको लागि अष्ट्रेलियाबाट निर्माता अशोक गौतम नेपाल आए

फाल्गुन १३, मंगलबार
अगामी फाल्गुन २३ गतेबाट अलनेपाल रिलिज हुन लागेको चलचित्र “ऋतु’को आक्रमण प्रचार प्रसारको लागि चलचित्रका मुख्य निर्माता अशोक गौतम नेपाल आएका छन् । चलचित्रका निर्माता अशोक गौतम चलचित्र “ऋतु’को प्रचार प्रसारको लागि अष्ट्रेलिया बाट नेपाल आएका छन् ।
DSC06384चलचित्रमा राजवल्लभ कोइराला संगै पुर्व मिस नेपाल मलिना जोशी, रिमा विश्वकर्मा,बिष्णु न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । मनोज अधिकारीले निर्देशन गरेको फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान र अपिल बिष्टले संयुक्त रुपमा निर्माण गरेका हुन । रिलिजको संघारमा रहेको फिल्मको “ऋतु’को छायांकन अष्ट्रेलियाको रमणिय स्थलहरुमा र नेपालमा  गरिएको छ ।
1517661_10151914274377286_2026749158_n
सन्दीप बडालले लेखेका फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ ।पछिल्ला केहि दिनयता छापा माध्यम देखी रेडियो, टिभी तथा अनलाईन लगायतका सञ्चार माध्यमहरुमा व्यापक प्रचार प्रसार गरिएको चलचित्र ‘ऋतु’लाई सम्भावना बोकिएको चलचित्रको रुपमा हेरिएको छ ।चलचित्रका नायक यति बेला अमेरिकामा तथा नायिका रीमा विश्वकर्मा देश बाहिर रहे पनि चलचित्रकी अर्की नायिका पुर्व मिस नेपाल मलिना जोशी भने चलचित्रको प्रचार प्रसारको लागि खुलेरै लागेकी छिन ।DSC06389

Namaste Filmy

Read Previous

शाहिद कपुरले जन्मदिन मनाए ।

Read Next

चलचित्र पत्रकार संघको छैठौ अधिवेशन चैत्र ६ गते हुने