नेपालमा खिचिएको फिल्मलाई पकिस्तानमा प्रतिबन्ध

baby_hindi_filmशुक्रबार रिलिज हिन्दी फिल्म ‘बेबी’लाई पकिस्तानमा प्रतिबन्ध लगाइएको छ । नेपालमा समेत छयांकन गरिएको यस फिल्मलाई सेन्सर बोर्डले पाकिस्तानमा प्रदर्शनको अनुमति नदिएको हो ।
बितरक कम्पनी एबरेडी पिक्चर्सले यसबारेमा आधिकारीक जानकारी दिएका हुन । बताइएअनुसार इस्लामाबाद र कराचीका सेन्सर बोर्डले फिल्म प्रदर्शंनको अनुमति नदिएको हो । फिल्ममा मुस्लिम समुदायको नकारात्मक छवि चित्रण गरिएको र नकरात्मक चरित्रलाई मुस्लिमको नाम दिइएकाले यसरी रोक लगाइएको हो । इस्लामाबादमा फिल्मको सिडी र डिभिडीमा पनि रोक लगाइएको छ ।

आतंकबादमा अधारित फिल्म बेबीलाई निरज पाण्डेले निर्देशन गरेका हुन । फिल्ममा अक्षयकुमार, अनुपम खेर, डेनी डेन्जोङपा, तपसी पन्नु लगायतको अभिनय छ । फिल्मको काठमण्डौका विभिन्न स्थानमा पनि छयांकन गरिएको थियो । होटल हायात, ठमेल, भक्तपुर दरबार लगायतको दृश्य फिल्ममा समावेश छ ।

Namaste Filmy

Read Previous

हल संख्या कम भएको भन्दै डिसि ले सारे फिल्म

Read Next

दक्षिण भारतीय अभिनेता एमएसको निधन ।