चलचित्र पत्रकार संघको छैठौ अधिवेशन चैत्र ६ गते हुने

फाल्गुन १३,मंगलबार
चलचित्र पत्रकारहरुको छापा संगठन चलचित्र पत्रकार संघको छैठौ अधिवेशन चैत्र ६ गते हुने भएको छ ।नेपाल पत्रकार महसंघ आबद्ध चलचित्र पत्रकार संघलाई नेपाल पत्रकार महसंघले  चैत्र मसान्त सम्म नया चुनाब गर्ने गरेको निर्दशन अनुसार नै चलचित्र पत्रकार संघको छैठौ अधिवेशन गर्न लागेको हो ।
1017069_1385902674968321_75254822_n
संघको कार्यालय मैतीदेबिमा संघको अध्यक्ष बिदुर गिरिको अध्यक्षतामा आज बसेको बैठक ले यस्तो निर्णय गरेको हो । कार्यसमिति बैठकले गत जेठमा घोषणा गरिएको चलचित्र पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सहित अधिवेशन उक्त मितिमा सम्पन्न गर्ने निर्णय गरेको  जारी  प्रेस विज्ञप्तीमा उल्लेख छ ।६३ सदस्यले भोट हाल्न पाउने अधिकार रहेको चलचित्र पत्रकार संघको चुनाबमा गएको अधिवेशनमा ५७ सदस्य रहेका थिए ।

Namaste Filmy

Read Previous

"ऋतु'को प्रचार प्रसारको लागि अष्ट्रेलियाबाट निर्माता अशोक गौतम नेपाल आए

Read Next

‘तोरी लाहुरे’को अडियो गीत र भिडियो सिडी सार्वजनिक