फाल्गुनदेखि भुवन र अनमोलको 'ड्रीम्स' ।

bhuwan_anmol_dreams1अभिनेता भुवन केसीको होम प्रोडक्सन फिल्म ‘ड्रीम्स’ फाल्गुनदेखि फ्लोरमा जाने भएको छ । फिल्मको दुई गीतको रेकर्ड सकिएको र फाल्गुन बाट छयांकन थालिने फिल्मका नायक तथा भुवनपुत्र अनमोल केसीले बताए ।
फिल्मलाई निर्देशक हेमराज बिसीले निर्देशन गर्नेछन । यसअघि भुवन स्वयमले निर्देशन गर्ने भनिएपनि अनमोल दुई सफल फिल्मका निर्देशक बिसीलाई निर्देशनको जिम्मा दिइएको हो । यसअघि बिसीको निर्देशनमा होस्टेल र जेरी सफल फिल्म बनेका थिए । यी दुई फिल्मले अनमोललाई स्थापित समेत गरायो ।
लभस्टोरी फिल्म ड्रीम्समा अनमोलबाहेक अन्य कलाकार सबै नयाँ हुने बताइएको छ । हेमराज निर्देशित तेस्रो प्रोजेक्ट सम्बोधन रिलिज भएपछि ड्रीम्स फ्लोरमा जानेछ ।

Namaste Filmy

Read Previous

संविधान नबनेपछि हिरोइन पिताले गरे आत्महत्या ।

Read Next

अन्धो फोटोग्राफरले खिचे कैटरिनाको फोटो ।