अन्धो फोटोग्राफरले खिचे कैटरिनाको फोटो ।

katrina_kaif_blind photoshootसुन्दरता भनेको देखेर महसुस गर्न सकिन्छ भन्ने तथ्यलाई गलत साबित गरेका छन अन्धो फोटोग्राफर भावेश पटेलले । उनले हालै बलिउड हिरोइन कैटरिना कैफको ग्ल्यामर फोटो शुट गरे ।
जन्मजात अन्धो रहेका भावेशले खिचेको फाटोहरु यति सुन्दर थिए कि अन्य फोटोग्राफर समेत लोभिए । खासमा कैटरिनाले लक्स का लागी भावेशसँग फोटो शुट गराएकी हुन । भावेशलाई लक्स कम्पनीले नै फोटोशुट गरिदिन आग्रह गरेका थिए ।
‘सुरुमा त म आफै छक्क परे । किनकी मलाई यो अफर आउनु भनेको मेरो लागी सबैभन्दा ठुलो सम्मान थियो’ : भावेशले भने : ‘कैटरिनाको फोटो हेरेपछि मानिसलाई बिश्वास हुने छैन कि यो फोटो एक अन्धाले खिचेको हो ।’

Namaste Filmy

Read Previous

फाल्गुनदेखि भुवन र अनमोलको 'ड्रीम्स' ।

Read Next

'बेबी'ले एक दिनमा कमायो ९.३ करोड ।