'बेबी'ले एक दिनमा कमायो ९.३ करोड ।

baby_hindi_filmनेपालमा समेत खिचिएको हिन्दी फिल्म ‘बेबी’ले रिलिजको पहिलो दिन ९.३ करोडको घरेलु ब्यापार गरेको छ । यसलाई बलिउडले औसत ब्यापार मानेको छ । फिल्म हेरेका दर्शक तथा समिक्षकले राम्रो तारिफ गरेकाले फिल्मको ब्यापार बढ्न सक्ने देखिन्छ ।
फिल्मलाई चौतर्फि प्रशंसा गरिएको छ । फिल्मको कथा र प्रस्तुतिलाई दर्शकले रुचाएका हुन । आतंकबादको कथा बोकेको फिल्मलाई पकिस्तानमा भने प्रतिबन्ध लगाइएको छ । फिल्मले नेपालमा पनि राम्रो कमाई गरेको बताइन्छ ।
अक्षयकुमार स्टारर फिल्मको यसैबर्षको सुरुवाततिर काठमण्डौमा समेत छयांकन गरिएको थियो । फिल्मका निर्देशक निरज पाण्डे हुन ।

Namaste Filmy

Read Previous

अन्धो फोटोग्राफरले खिचे कैटरिनाको फोटो ।

Read Next

ऐश्वर्या र अभिषेकबीच भिडन्त ?