हट पवित्रासँग किशोरको एक्शन कट ।

प्रदर्शनको लागी तयार फिल्म ‘आवेग’ले छिट्टै पब्लिसिटी सुरु गर्दैछ । फिल्म पब्लिसिटीको दौडधुप सुरु हुनुभन्दा पहिले फिल्मकी मुख्य नायिका पवित्रा आचार्य चितवन पुगेकी छिन । उनी एक म्युजिक भिडियोमा कम्मर मर्काउन चितवन पुगेकी हुन । Pabitra_acharya‘रेड एण्ड ह्वाइट’ ड्रेसमा सजिएकी उनी हालै चितवनमा भेटिइन । उनि किशोर अनुरागको निर्देशनमा सेक्सी लुक्समा अभिनय गर्दै थिइन । प्रमोद खरेलको स्वर रहेको सम्बन्धको धागो चुडाई बोलको गीतमा उनलाई मोडलद्धय कमल चालिसे र बिमल केसीले साथ दिइरहेका थिए । भिडियोलाई नरेन्द्र सिहंले खिचेका हुन ।Pabitra_acharya1 म्युजिक भिडियोमा काम गरिरहँदा केहि नौलो र रमाइलो लागिरहेको आवेग नायिकाले भनिन । उनको फिल्म आवेग छिट्टै रिलिज हुदैछ । फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन । फिल्ममा पवित्रासँगै आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना देलाललगायतको अभिनय छ ।

Namaste Filmy

Read Previous

फिल्म प्राविधिक बरालद्धरा आत्महत्या ।

Read Next

घण्टा अवार्ड । सलमान सबैभन्दा बेकार हिरो ?