‘तोरी लाहुरे’को अडियो गीत र भिडियो सिडी सार्वजनिक

फाल्गुन १३,मंगलबार
फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तोरी लाहुरे’ले मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । पत्रकार भेटघाटमा बोल्दै निर्देशक एनबी महर्जनले टिपिकल नेपाली टाईटलमा चलचित्र निर्माण गरेको भन्दै निर्देशक महर्जनले चलचित्र युनिटले राम्रो काम गरेर एउटा राम्रो चलचित्र बनेको दाबी गर्नु भयो ।
tori-laure-q1
कार्यक्रममा चलचित्र ‘तोरी लाहुरे’को टाईटल गीत सहितको अडियो गीत र भिडियो सिडी सार्वजनिक गरिएको छ । सामाजिक बिषय बस्तुमा निर्माण गरिएको चलचित्रमा गजित बिष्ट, रोहित रूम्बा, अशिष्मा नकर्मी ,सुवास थापा, समुना केसी, दिनेश डिसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।फिल्मलाई दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले मिलेर निर्माण गरेका हुन् ।

 
 
 

Namaste Filmy

Read Previous

चलचित्र पत्रकार संघको छैठौ अधिवेशन चैत्र ६ गते हुने

Read Next

"आधी बाटो’ नचले एनआएन रमेश त्वायनाले फिल्म निर्माण नगर्ने