'पिके' चीनमा रिलिज हुने ।

amir khani-pk1-inथुप्रै विवादका बिच ब्लकबस्टर बन्न सफल फिल्म ‘पिके’ अब चीनमा रिलिज हुने भएको छ । फिल्मको चिनिया भाषाको संस्करण चीनभर रिलिज हुने तयारीमा छ । योसँगै पिके यसबर्ष चीनमा रिलिज हुने पहिलो भारतीय फिल्म बन्ने भएको छ ।
हाल चीनमा हरेक साल विभिन्न ३४ वटा बिदेशी फिल्म प्रदर्शन गर्न पाइने प्रावधान छ । जसमा अधिकांश हलिउडका फिल्महरु प्रदर्शन हुने गरेका छन । यसबर्ष भने आमिर खानको पिके पनि चीनमा रिलिज हुने सम्भावना छ ।
यसअघि आमिरकै फिल्म थ्री इडिटस पनि चीनमा रिलिज भएको थियो । जसकारण आमिरको चीनमा पनि लोकप्रियता बढेको थियो ।

Namaste Filmy

Read Previous

करिश्माको ‘फागु’को शुभमुहुर्त

Read Next

'वडा नम्बर ६' लाई पनि नचल्दै ३५ लाख ।