आर्मी पुलिसमा जागिर नपाएर फिल्म खेलेको हैन : सिद्धार्थ गुरुङ ।

[dropcap]सि[/dropcap]द्धार्थ गुरुङ नेपाली चलचित्र उद्योगका लागी नयाँ अनुहार हुन । उनी अभिनित पहिलो फिल्म ‘वान वे’ फाल्गुन १ गतेबाट प्रदर्शनको तयारीमा छ । आफ्नो पहिलो फिल्मलाई लिएर उनी निकै उत्साहित छन ।sidhartha-gurungदेशकै नामुद डनको रुपमा चिनिने दिपक मनाङेका छोरा सिद्धार्थ फिल्ममा किन आए त ? उनी भन्छन: ‘म पोलिसमा जागिर नपाएर, आर्मीमा जागिर नपाएर फिल्ममा आएको होइन म प्रेमको लागी आएको हो । म कला, संस्कृतिप्रति माया भएर आको हो ।’ उनी थप्छन : ‘मलाई लाइफमा क्रियटिभ कामहरु गर्न मन छ ।’
फिल्ममा आउन डन बाबु र अंकल राजकुमार राईको ठुलो सहयोग रहेको बताउदै उनले फिल्म आफ्नो रहर र करियर दुवै भएको बताए । उनले ‘वान वे’ फस्ट फिल्म भए पनि आफुसँग अभिनयमा १० बर्षदेखिको अनुभव रहेको सुनाए ।
उनले बाबुको ख्यातिकै कारण चिनेकाहरुले राम्रो मानेपनि कतिपय मानिस आफुसँग डराउने गरेको बताए । तर आफु डनको छोरा हुदैँमा त्यस्तो गलत प्रबृत्तिको नभएको उनले प्रस्ट्याए । उनले आफ्नो नामअगाडी सधै डन बाबुको नाम जोडिने गरेको स्वीकार्दै त्यो छाँया छिट्टै हट्ने दाबी गरे । ‘म दुख गर्दैछु, एकदिन सिद्धार्थको ड्याड दिपक मनाङे भनेर चिनिनेछ’ : उनले भने । sidhartha-gurung-and-maalaa-limbuबाबुकै लगानीमा आफु हिरो भएको प्रति उनको फरक तर्क छ । ‘डाक्टर इन्जिनियर बन्न चाहने छोरालाई बाबुले ३०/३५ लाख लगानी गरिदिन्छ । मेरो खुशी चलचित्रमा छ भने मेरो बुबाले लगानी गरिदिनु गलत होइन । जसरी बाबुले गर्दा छोरा डाक्टर र इन्जिनियर भयो भन्न मिल्दैन, त्यसैगरी मेरो बुबाले लगानी गरेर म चलचित्रको नायक भएँ भन्न पनि मिल्दैन ।’
‘वान वे’ मा सिद्धार्थले माला लिम्बुसँग अनस्किृन रोमान्स गरेका छन । सुरज सुब्बा निर्देशित फिल्ममा करिश्मा मानन्धर र रविन तामाङ पनि मुख्य भुमिकामा छन ।

(अनलाइनखबरसँगको कुराकानीको आधारमा ।)

Namaste Filmy

Read Previous

नेपालमा खिचिएको फिल्मलाई ३ दिनमा ३५ करोड ।

Read Next

यसकारण काठमण्डौ आए अक्षयकुमार ।