"आधी बाटो’ नचले एनआएन रमेश त्वायनाले फिल्म निर्माण नगर्ने

फाल्गुन १३, मंगलबार
स्व. शिव रेग्मीको सम्मानमा भन्दै चैत्र २८ गते रिलिज गर्ने भनेको चलचित्र ‘आधी बाटो’ सोहि मितिमा स्व. निर्देशक शिव रेग्मीको अन्तिम फिल्म मनले मनलाई छुन्छ प्रदर्शनमा आउने भएकोले उक्त फिल्मको ब्यापारमा असर नपुर्याउन रिलिज डेट सरेको थियो ।
adhibato4
चलचित्र ‘आधी बाटो’ले मंगलवार राजधानीमा पत्रकार भेटघाट तथा एल्वम बिमोचन कार्यक्रम आयोजिना गरेको थियो ।चलचित्र ‘आधी बाटो’ का निर्माता एनआएन रमेश त्वायना आफ्नो सो चलचित्र नचलेमा अब आफुले अरु चलचित्र निर्माण नगर्ने भएका छन् ।‘हामी तीन भाई’, ‘भरोसा’ र ‘हाँसी देउ एक फेर’ निर्माण गरि सकेका निर्माता रमेश त्वायना यस अघि चलचित्र ‘हाँसी देउ एक फेर’ निर्माण गरेर चुर्लुम्मै डुबेका थिए ।
954690_4873539111586_1871347880_n
नया रिलिज मिति अनुसार यहिँ चैत्र २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आधी बाटो’ चलचित्रलाई सफल निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेका हुन् भने कथा जगदीश्वर थापाले लेखेका हुन् । कार्यक्रम चलचित्रको तीन वटा गित र प्रोमो उपस्थित कलाकर्मी तथा संचारकर्मी लाई देखाइयो ।चलचित्रको तीन वटागीतमा जेनिशा देखियिन भने प्रोमोमा पनि जेनिशा नै हाबी थिइन । राउल प्रोडक्सन को ब्यानर मा निर्मित यस चलचित्र मा यश कुमार , जेनिशा केसी , सबिन श्रेष्ठ , अनु शाह , धिरेन शाक्य र रुबी राना को अभिनय रहेको छ ।कार्यक्रममा चलचित्रका मुख्य कलाकार सबिन श्रेष्ठ र अनु शाहको उपस्थिती थिएन भने अर्का नायक यशराज अनि नायिका जेनिशा केसी भने उपस्थित रहेको थियो ।
adhibato-1
 

Namaste Filmy

Read Previous

‘तोरी लाहुरे’को अडियो गीत र भिडियो सिडी सार्वजनिक

Read Next

चलचित्र 'वान वे' का निर्माता राजीव गुरुङ 'दिपक' पक्राऊ ।