'ब्रास्लेट'को गीत रेर्कडिंग । पशुपती शर्माले पहिलो पटक चलचित्रको लागि गीत गाए

निर्मल शर्माले निर्देशन गर्न लागेको चलचित्र ‘ब्रास्लेट’को बुधबार पुतलीसडकको म्युजिसियन स्टुडियोमा गीत रेर्कड गरिएको छ । पहिलो पटक लोकगायक पशुपती शर्माले चलचित्र ‘ब्रास्लेट’को गीतमा स्वर दिएका छन् ।
barsetदीपक शर्माको संगीत रहने यस चलचित्रमा पशुपती सगै लोक गायिका टिका पुनको पनि स्वर रहेको छ ।”लेकै जानी लेकाली डाँफे” बोलको लोकगीत गीत बाट नै अहिलेका चर्चित लोकगायले लोकगायकले चलचित्र गायनमा डेब्यु गरेका छन् । फिल्मको कथाबस्तु अनुसार लोक ‘फ्लेवर’कै गीत रहने भएकाले पशुपती र टिकालाई लिईएको निर्देशक शर्माले जानकारी गराए ।
brasletकेशब भट्टराईको निर्माणमा बन्न लागेको चलचित्र ‘ब्रास्लेट’ फागुनको अन्त्यतिर फ्लोरमा जाने तयारी गरेको छ । सस्पेन्स थ्रीलर जनराको ब्रासलेटमा कलाकार छनोट भइनसके पनि जीवन लुईटेल, नम्रता सापकोटा र राजनी केसी मुख्य भूमिकामा रहने सम्भावना रहेको निर्माता केशव भट्राइले बताए ।हाल अभिनेता लुइटेल अमेरीकामा रहेकाले केही दिनमा नै कलाकार चयन भइसक्ने निर्देशक शर्माले बताए । निर्देशक शर्माका अनुसार चलचित्र ब्रासलेटको कथा जया ओझाले लेखेकी हुन् ।

Namaste Filmy

Read Previous

छोरी नाङिगएपछि मोडलका बाबुद्धरा आत्महत्या ।

Read Next

'लुटेरा"मा सबिन श्रेष्ठको इन्ट्री