'लुटेरा"मा सबिन श्रेष्ठको इन्ट्री

वितरक तथा निर्माता गोपाल कायस्थले बनाउन लागेको चलचित्र `लुटेरा”को सुटिंग हुनु भन्दा अघि धेरै कुरा फेरबदल भएको छ ।चलचित्रको कथा लेखने बेला बाट नै फेरबदल सुरु भएको चलचित्र `लुटेरा”को अन्तिम समयमा आएर निर्देशन नै फेरिएका हुन् ।अब चलचित्र `लुटेरा”मा सबिन श्रेष्ठको पनि इन्ट्री भएको छ ।अब भने चलचित्रको मुख्य दुई नायकमा निखिल उप्रेती र सबिन श्रेष्ठ देखिने भएका छन् ।पछिल्लो समय देश तथा विदेशमा सुटिंग हुने चलचित्रमा निकै व्यस्त हुन थालेका नायक सबिन श्रेष्ठ चलचित्र “लुटेरा” खेल्ने पक्का भएको छ ।
sabin shresthaचलचित्र निर्माण युनिटले बिहिबार मात्रै चलचित्रको लागि सबिनलाई अनुबन्धित गरेको हो ।चलचित्रमा यस अघि सविर श्रेष्ठले निर्देशन गर्ने भनिए पनि सबिर ‘राम प्यारी’ फिल्ममा व्यस्त हुने भए पछि उनको ठाउमा अब दयाराम दाहालले निर्देशन गर्ने छन् ।तेस्तै चलचित्रको मुख्य नायिकामा रेखा थापाले अभिनय गर्ने पक्का भए पनि रेखा आफ्नै चलचित्र ‘राम प्यारी’ व्यस्त हुने भए पछि रेखाले अब आइटम डान्स मात्र गर्ने कुरा बाहिर आएको छ । निखिल र रेखाले ८ बर्षपछि एकसाथ चलचित्रमा काम गर्न भनिएको चलचित्र “लुटेरा” सुटिंग हुनु अघि नै धेरै फेरबदल भैसकेको छ ।अब केहि दिनमा चलचित्रको नायिकाको पनि टुंगो लाग्ने निर्माता गोपाल कायस्थले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।विभिन्न फेरबदल पछि अब भने चलचित्रको छायांकन यहि फागुनको दोस्रो साता बाट सुरु गरिने भएको छ ।

Namaste Filmy

Read Previous

'ब्रास्लेट'को गीत रेर्कडिंग । पशुपती शर्माले पहिलो पटक चलचित्रको लागि गीत गाए

Read Next

फ्राइडे रिलिज : 'टाईगर द रियल हिरो' र ‘सम्बोधन’