'चलेछ बतास सुस्तरी'को शुभमुहुर्त ।

Chalechha batas sustariफिल्म ‘चलेछ बतास सुस्तरी’को शुभमुहुर्त गरिएको छ । शुक्रबार राजधानीको कामलादीस्थित गणेश मन्दिरमा बिधिबत रुपमा पुजा गर्दै फिल्मको मुहुर्त गरिएको हो । मुहुर्त शट नायक प्रमोद भारद्धाज, नायिका शुष्मा कार्की, पुष्प लुईटेलले दिएका थिए ।
फिल्मलाई प्रदिप भारद्धाजले निर्माण गर्दैछन । फिल्म लेखनमा स्थापित प्रदिपले पहिलोपटक फिल्म निर्माण गर्न लागेका हुन । अरुण फिल्मसको ब्यानरमा बन्ने फिल्मलाई सब्बु सुवेदि र अनिला खड्काको निर्देशन रहनेछ । फिल्ममा प्रमोद, सुष्मा, पुष्प सँगै नवनायक आकाश पल, डेबिड शंकर, हेमन्त बुढाथोकि, बालदिप राई आदिको पनि अभिनय रहनेछ ।
फिल्म माघको अन्तिम साताबाट छयांकनमा जानेछ ।

Namaste Filmy

Read Previous

यस्तो छ आमिर खानको 'दंगल' लुक्स ।

Read Next

दोस्रो पटक आमा बनिन सकिरा ।