'चंखे शंखे पंखे"को अडियो गीत सार्वजनिक

आउँदो बर्षको जनै पूर्णिमामा रिलिज गर्ने लक्ष्य राखिएको चलचित्र ‘चंखे शंखे पंखे”को अडियो गीत बजारमा ल्याएका छन् । युट्यूबाट सार्वजनिक गरिएको सोसल मिडिया फेसबुक माथि एक नारायण भण्डारीले कोरेको चंखे शंखे पंखे गीतमा रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर छ । चलचित्रको गीतमा तारा प्रकाश लिम्बुले संगीत दिएको छन् ।
chankhe pankhe sankhe
फिल्मको सुटिंगको लागी १७ लाख खर्च लगाइएर सेट तयार पारिएको थियो । नेपाली फिल्मकै इतिहासमा सर्वाधिक महंगो सेटको रुपमा लिइएको छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन । उनी फिल्मका प्रमुख कलाकार पनि हुन । उनीसँगै सुवास थापा, प्रेम पुरी, पुजा शर्मा, नन्दिता केसी, राजाराम पौडेल, रामचन्द अधिकारी, रविन्द खड्का, श्याम राई, ध्रुब कोइराला सहित स्टेजका चर्चित कलाकार रविन्द झा र प्रमोद अग्रहरीको अभिनय फिल्ममा रहनेछ ।चलचित्र ‘चंखे शंखे पंखे”लाई सन्तोष सेन ठकुरीको कम्पनी आसुसेन फिल्म प्रोडक्सनले निर्माण गरेको हो ।

Namaste Filmy

Read Previous

पत्रकारले एक प्लेट म:म:को भरमा समाचार लेखछन् :निशा अधिकारी

Read Next

संगीतकार अर्जुन पोखरलेको चर्चा चुलिदै