आठौँ मिस तामाङको उपाधि लक्ष्मी मोक्तानलाई ।

[dropcap]मि[/dropcap]स तामाङ-२०१५ को उपाधि दोलाखाकी लक्ष्मी मोक्तानले जितेकी छिन । शनिबार राजधानीमा सम्पन्न मिस तामाङको आँठौ संस्करणमा मोक्तानले ३३ प्रतिस्पर्धीलाई पछि पारेकी हुन । miss-tamang-2015गोल्डेन गेट कलेजमा कक्षा १२ मा अध्ययनरत मोक्तानले जितसँगै  २० हजार नगद र चाँदीको क्राउन प्राप्त गरेकि छिन । प्रतियोगितामा मनिषा योञ्जन मिस ट्यालेन्टसँगै फस्ट रनरअप र सुजाता तामाङ सेकेन्ड रनरअप भइन । miss-tamang.-2015त्यस्तै पारु गोलेले बेस्ट पर्सनालिटी, सजनी तामाङले बेस्ट ड्रेस, सरस्वती तामाङले फोटोजेनिक, नवाङ मोक्तानले बेस्ट क्याटवाक र पेमा घिसिङले डिस्सिप्लिनको सबटाइटल उपाधि पाए । त्यस्तै निशा तामाङले ब्युटिफुल हेयर, छिरिङ लामाले एसएमएस भोटिङ, सोनम लामाले भ्युअर च्वाइस, जुना लामाले बेस्ट स्माइल, सुष्मा तामाङले मिस फ्रेन्डसिप, सन्तोषी लोप्चनले अर्गनाइजर च्वाइस, बबिता तामाङले बेस्ट फिगर र संगीता पाख्रिनले ब्युटी विथ पर्पोजको उपाधि पाए ।
प्रतियोगिता एभरेष्ट फेशन होमले आयोजना गरेको हो ।

Namaste Filmy

Read Previous

सर्ने भयो 'माला' रिलिज मिति ।

Read Next

"लोग्ने मान्छे"को आईटम गीत हेर्नुहोस (भिडियो सहित )