चलचित्र 'वान वे' का निर्माता राजीव गुरुङ 'दिपक' पक्राऊ ।

फाल्गुन १४ ।
dipak-manangeरिलिज मिति तोक्न बाकि चलचित्र ‘वान वे’ का निर्माता दिपक मनाङे पक्राऊ परेका छन । राजकुमार राई प्रस्तुतकर्ता रहेको फिल्ममा दिपकले लगानी गरेका हुन । त्यसो त फिल्ममा दिपकका छोरा सिद्धार्थ गुरुङ हिरोको रुपमा डेब्यु भएका छन । वास्तविक नाम राजीव गुरुङ रहेका मनाङेले छोरालाई हिरो बनाउनकै लागी पनि मनाङेले फिल्ममा लगानी गरेको बुझिएको छ । आर सी पिक्चर्सको ब्यानरमा बनेको करिश्मा मानन्धर, रविन तामाङ, सिद्धार्थ गुरुङ लगायतको अभिनय रहेको फिल्म वान वे को केहि महिनाअघि सार्वजनिक ट्रेलरमा पनि प्रोडुसर राजीव गुरुङ ‘दिपक’ भनेर मनाङेको नाम प्रस्ट रुपमा देखिएका छ । फिल्मलाई सुरज  सुब्बा नाल्बो ले निर्देशन गरेका हुन ।one wayदशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लबको फुटबल हेर्दै गर्दा गुण्डा नाईके दीपक मनाङे पक्राउ परेका हुन । उनलाई हनुमानढोका प्रहरी परिसरमा राखिएको काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले बताए । मनाङे मनाङ मस्र्याङ्दी क्लबका समर्थक हुन् । मनाङ मस्र्याङ्दीको खेल भएको बेला यसअघि पनि उनी पटक पटक रंगशाला आउने गरेका थिए । मंगलबार उनी रंगशालाको भीआईपी प्याराफिटमा बसेर फुटबल हेर्दै थिए । मनाङेले ठमेललाई आधार बनाएर अपराधिक गतिविधि सञ्चालन गर्दै आइरहेको प्रहरी आरोप छ । उनी अवैध सम्पति कमाएको अभियोगमा उनी यसअघि २ करोड ९० लाख बुझाएर छुटेका थिए ।

Namaste Filmy

Read Previous

"आधी बाटो’ नचले एनआएन रमेश त्वायनाले फिल्म निर्माण नगर्ने

Read Next

फुटबलको बिषयमा नेपाली फिल्म 'वल्र्ड कप इन नेपाल' । (ट्रेलर हेर्नुहोस)