"लोग्ने मान्छे"को आईटम गीत हेर्नुहोस (भिडियो सहित )

यहि शुक्रवार बाट प्रदर्शनमा आउन लागेको चलचित्र “लोग्ने मान्छे” आईटम नम्बरको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक “बिच्छीले डस्यो मलाई’बोलको गीतलाई ईन्दिरा जोशीले गाएकी हुन ।लय संग्रौलाको शब्द ,चेतन सापकोटाको संगीत रहेको यस गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्रको मुख्य कलाकार दीलिप रायमाझीलाई फिचरिंग गरिएको गीतमा बार भित्रको डान्स रोमान्स देखाउना खोजिएको छ ।
logne mancheचलचित्रमा दीलिपका अलाबा नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारको अभिनय रहेको छ ।लय संग्रौलाको निर्देशन रहेको चलचित्र “लोग्ने मान्छे” लाई प्रदिप मित्तलले निर्माण गरेका हुन् ।चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन रहेको छ छ । चलचित्रमा उत्तम केसी परिकल्पनाकारको रुपमा रहेका छन् ।

Namaste Filmy

Read Previous

आठौँ मिस तामाङको उपाधि लक्ष्मी मोक्तानलाई ।

Read Next

जेलबाट छुटेलगतै सञ्जय दत्त भिलेन ।