राहुल देव नेपाल आउँदै ।

Rahul-dev1बलिउडमा कहलिएको अभिनेता राहुल देव नेपाल आउने भएका छन । उनी फिल्म ‘डेन्जरस फेसबुक’को सुटिङका लागी नेपाल आउने भएका हुन । सुटिङ युनिटका अनुसार राहुल देव बिहिबार नेपाल ओर्लनेछन ।
नेपालमा केहि दिन सुटिङ र घुमघामपछि उनी स्वदेश फर्कनेछन । राहुलदेव हिन्दी, पञ्जाबी तथा तेलुगु फिल्ममा प्रख्यात कलाकार हुन । उनी अधिकांश फिल्ममा खलनायकको रुपमा देखिने गरेका छन । प्रखर अभिनय र डरलाग्दो लुक्सका कारण उनलाई खलनायकको रुपमा रुचाउनेहरु धेरै छन ।
काठमण्डौ, पोखरा, लुम्बिनि लगायत विभिन्न स्थानमा खिचिने हिन्दी फिल्म डेन्जरस फेसबुकमा पनि उनको सशक्त अभिनय रहनेछ । फिल्मलाई नेपाली निर्देशक सानु शाक्यले निर्देशन गर्दैछन भने अन्य थुप्रै नेपाली प्राविधिकहरु फिल्ममा छन ।

Namaste Filmy

Read Previous

हिन्दी फिल्मको छयांकन काठमण्डौमा धमाधम ।

Read Next

निर्देशक बस्नेतलाई भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा उडिसा राज्यमा सम्मान