फुटबलको बिषयमा नेपाली फिल्म 'वल्र्ड कप इन नेपाल' । (ट्रेलर हेर्नुहोस)

फाल्गुन १४ ।
बिश्वमै सार्वाधिक खेलिने खेल फुटबलको बिषयमा बनेको नेपाली फिल्म ‘वल्र्ड कप इन नेपाल’को टेलर रिलिज गरिएको छ । युवाहरुको फुटबलप्रतिको चाहना र त्यसलाई अभिभावकले गर्ने दमनलाई फिल्मको कथावस्तु बनाइएको छ ।wcप्रकाश थापको प्रस्तुतीमा राम तामाङको निर्माण रहेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन । फिल्ममा सोनु केसी, संगम राई , शर्मिला शर्मा, कुलचन्द्र पुरी, गोपाल अर्याल लगायत एन्फा अन्डर १९ का खेलाडिहरुको समेत अभिनय रहेको छ । बालबलिकाहरुको फुटबलप्रतिको क्रेज र नेपालीले देखेको वल्र्डकप सपना फिल्मको बिषय हो । यस फिल्मलाई चलचित्र बिकास बोर्डले बिशेष चलचित्र भनेको छ । फिल्म अगामी चैत्र २१ गतेबाट प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

चलचित्र 'वान वे' का निर्माता राजीव गुरुङ 'दिपक' पक्राऊ ।

Read Next

कता हराए राजु परियार ? लम्जुङ्ग घर भएका उनी कहां छन् र के गर्दैछन् ?