अमिताभ बच्चन अब रेडियो जक्की पनि ।

Amitabh_bachchanबलिउड महानायक अमिताभ बच्चन अब रेडियो जक्की पनि बन्ने भएका छन । फिल्म तथा टेलिभिजनमा बर्षौदेखि सुनिदै आएको उनको बोल्ड अवाज अब रेडियोमा पनि सुन्न पाइने भएको हो ।
७२ बर्षीय अमिताभले खासमा फिल्म ‘षमिताभ’को प्रचारको लागी रेडियोमा कार्यक्रम सञ्चालन गर्न लागेका हुन । उनले बिहिबार एक रेडियो स्टेशनमा श्रोताहरुसँग टेलिफोनमा कुरा गर्दै कार्यक्रम सञ्चालन गर्नेछन ।
अमिताभले यसबारेमा ट्वीट गर्दै उत्साहित रहेको अभिब्यक्ति दिएका छन । उनले आउदो १५ फेब्रुअरीमा विश्वकप क्रिकेट म्याचको कमेन्ट्री पनि गर्दैछन । फिल्म षमिताभ आउदो शुक्रबारबाट विश्वब्यापी रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

संसारकै सर्वाधिक प्रशंसनीय महिला जोली ।

Read Next

जीवन र निताको मायामा राम्रो डबल सिम हेर्नुहोस (भिडियो सहित )