"हवल्दार सुन्तली"को ट्रेलर सार्वजनिक ,एक्सन अबतार मा शिल्पा हेर्नुहोस ( भिडियो सहित )

चैत्र २७ बाट प्रदर्शनमा आउन लागेको चलचित्र “हवल्दार सुन्तली”को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रकी मुख्य भूमिकामा देखा परेकी नायिका शिल्पा पोखरेललाई चलचित्रको  नाम अनुसारको भुमिकामा देखिएकी छन् ।। शिल्पाले चलचित्रमा उत्कृष्ट अभिनयको साथ साथै खतरनाक एक्सन दृश्यहरु समेत दिएकी छिन् ।
silpaआफ्नै सहकर्मीबाट बलात्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा शिल्पा पोखरेल,किशोर खतिवडा , सविन श्रेष्ठ ,मुख्य भूमिकामा रहेका छन् छन् । हवल्दार सुन्तलीलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन ।फिल्मलाई छविराज ओझाले निर्माण गरेका हुन ।फिल्मको छायांकन मदन काश्यप घिमिरेले गरेका हुन भने फिल्ममा कविराज गहतराजको नृत्य, टंक बुढाथोकी र दिपक शर्माको सँगीत तथा चन्द्र पन्तको द्धन्द रहेको छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘लोग्ने मान्छे’ ,'सुनपानी', ‘इस्केप’ र 'रथ'

Read Next

रोल्पाको लिवाङ्गमा ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला -२०१५’को उद्घाटन