निर्देशक रिमालको अमेरिकामै निधन ।

Pradip-rimal [dropcap]पु[/dropcap]राना चलचित्र निर्देशक प्रदिप रिमालको निधन भएको छ । परिवारसहित अमेरिकामा बस्दै आएका उनको शुक्रबार निधन भएको हो ।
बि.सं. १९९४ सालमा ललितपुरको लुभुमा जन्मिएका रिमाल पहिलो नेवारी चलचित्र ‘शिलु’का निर्देशक हुन । उनले ‘के घर के डेरा’, ‘माया’ जस्ता नेपाली चलचित्रको निर्देशन समेत गरेका थिए । ‘के घर के डेरा’ उनको सफल चलचित्र हो ।
निर्देशनमा आउनुअघि उनले चलचित्र माइतीघरमा सहायक निर्देशक तथा चलचित्र हिजो आज र भोलिमा अभिनय समेत गरेका थिए । त्यसअघि २०१३ सालदेखि लोकगीत संकलनमा सक्रिय उनले थुप्रै लोकगीतमा शब्द तथा स्वर दिएका छन । उनलाई २०२७ सालमा कर्णाली लोक संस्कृतिको बारेमा बिज्ञान दर्शक पुस्तकबाट मदन पुरस्कारसमेत प्रदान गरिएको थियो ।

Namaste Filmy

Read Previous

जेनिफरको नाङगो शरिरमाथी अजिंगर ।

Read Next

अमिताभको अंगालोमा ऐश्वर्या ।