साहिलबिरुद्ध मुद्दा हाल्दै जैकि श्राफ ।

jackie-sahil-09022015-1बलिउड अभिनेता जैकि श्राफको पत्नी आयशा र अर्का अभिनेता साहिल खान बीचको विवाद बढ्दै गइरहेको छ । पछिल्लो पटक साहिलका वकिलले जैकी पत्नी र साहिलका केहि यस्ता आन्तरिक तस्वीर अदालतमा पेश गरेका थिए, जसबाट उनीहरुको सम्बन्ध साथी भन्दा माथी छ ।
यसरी अदालतमा पत्नीको बदनाम गर्न खोजिएको भन्दै जैकि श्राफले साहिल बिरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन । उनले मानहानी गरेको र धम्की समेत दिएको भन्दै साहिलबिरुद्ध कानुनी उपचार खोजेका हुन ।
आयशाले नोभम्बर २०१४ मा साहिल माथी ६ करोड को ठगी गरेको आरोपमा मुद्धा हालेकी थिइन । त्यहि मुद्धा अहिले पनि अदालतमा चलिरहेको हो । यो केसको अन्तिम फैसला १३ फ्रेबुअरीमा हुनेछ ।

Namaste Filmy

Read Previous

पुरातन सोच र आडम्बर माथी प्रहार हो चलचित्र “सुनपानी”

Read Next

सुदुरपश्चिममा 'देव देवकी' ।