चितवनमा 'अझै पनि' । घन्कियो 'प्रेम दिवस' ।

[dropcap]प्र[/dropcap]चारप्रसारलाई तिब्र पार्दै फिल्म ‘अझै पनि’ युनिट चितवन पुगेको छ । सोमवार चितवनकै सबैभन्दा ठुलो रियालिटी शो ‘डान्स चितवन डान्स’ को ग्रान्ड फाइनल समारोहमा फिल्म टोली पुगेको होAjhai pani_chitwan (1)
‘डान्स चितवन डान्स’ को ग्राण्ड फाईनल कार्यक्रममा फिल्म निर्माता पुनम गौतम, नायक तथा निर्माता सुदर्शन थापा, नायिका पुजा शर्मा र गायक तथा संगीतकार हरि लम्सालले सहभागिता जनाएका थिए । कार्यक्रममा गायक लम्सालले प्रेम दिवस बोलको गीत गाएका थिए । लम्सालले गाउँदै गर्दा चितवनवासीले लम्साललाई सँगै गाएर साथ दिएका थिए । त्यस्तै, निर्माता पुनम गौतमले आफु पनि चितवनकी छोरी रहेको बताउँदै चितवनवासीलाई फागुन १५ मा अझै पनि हेर्नको लागि आग्रह गरिन् । Ajhai pani_chitwanनायक तथा निर्माता सुदर्शन थापाले चलचित्र सामाजिक कथामा बनेको बताए । उनले फरक पहिचान र उत्कृष्ट काम दिन सफल निर्देशक आलोक नेम्वाङ्को अन्तिम फिल्म रहेको बताउँदै हरेक नेपालीले एकपटक हेर्नैपर्ने चलचित्र रहेको बताए । साथै, नायिका पुजा शर्माले फागुन १५ मा सबैजना चलचित्र हेर्न आउने विश्वास रहेको बताउँदै गर्दा कार्यक्रम हलमा उपस्थित सबैले सहमति जनाएका थिए ।
फिल्म अझैपनि फाल्गनु १५ मा रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

'डान्स चितवन डान्स'को उपाधि एन्जिलिना र अस्मितालाई ।

Read Next

केजरीवालको पार्टीलाई बलिउडको बधाई ।