केजरीवालको पार्टीलाई बलिउडको बधाई ।

हालै सम्पन्न दिल्ली बिधान सभाको चुनाबमा भारी बहुमत ल्याएर विजयी हासिल गर्ने अरविन्द केजरीवालको आम आद्मी पार्टीलाई बलिउडको तर्फबाट बधाईको ओइरो लागेको छ । बलिउडका चर्चित सेलेब्रेटीहरुले ट्वीट गर्दै जीतको बधाई दिएका हुन । Bollywood-kejriwal-win-2015_6
कतिपय स्टारले भने केजरीवाल स्वयमलाई भेटेर बधाई दिएका छन । रितेश देशमुख, नेहा धुपिया, दिया मिर्जा, वीर दास, कृतिका शर्मा लगायतले ट्वीट गरेका छन । त्यस्तै दिल्लीमा रहेका अन्य स्टारले भने भेटेर तथा टेलिफोनमा बधाई दिएका हुन ।
दिल्ली बिधान सभाको चुनावमा बलिउडका कयौ स्टारहरु पक्ष विपक्षमा देखिएका थिए । बिशाल ददलानी, गुल पनाग, रघु राम लगायतले केजरीवालको पक्षमा प्रचारसमेत गरेका थिए ।
चुनावमा जीतसँगै केजरीवाल दिल्लीको मुख्य मन्त्री बन्ने भएका छन । उनले आउँदो शनिबार मुख्य मन्त्रीको सपथ लिनेछन । चुनावको कुल ७० सीटमा ६७ सीट आम आद्मीले जितेको हो । त्यसबाहेक ३ सीट भाजपाले जिते भने काँग्रेसले शुन्य सीट रह्यो ।

Namaste Filmy

Read Previous

चितवनमा 'अझै पनि' । घन्कियो 'प्रेम दिवस' ।

Read Next

'पुनर्जन्म'कोे ट्रेलर तथा गीत रिलिज ।