'पुनर्जन्म'कोे ट्रेलर तथा गीत रिलिज ।

[dropcap]फा[/dropcap]ल्गुन २२ गते रिलिज गरिने फिल्म ‘पुनर्जन्म’कोे ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर तथा गीत देखाइएको हो । कार्यक्रममा फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको जानकारी दिए ।Punarjanma

अभिनेता आर्यन सिग्देलले फिल्मले व्यावसायिकता भन्दा पनि सत्यपरक विषयलाई उठान गरिएको बताए । अर्का अभिनेता गजित विष्टले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसँगै फिल्मले कार्यक्षेत्रमा सैनिकको साथीभाई प्रतिको भावना र मायाप्रेमलाई समेटेको जनाए । अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताईन् ।
फिल्मका निर्देशक तथा सम्पादन सजन श्रेष्ठले शुरुमा सर्ट फिल्म बनाउन लागे पनि त्यसको कथालाई नयाँ तरिकाले प्रस्तुत गरेर फिल्म बनाएको खुलाए । निर्देशक श्रेष्ठले फिल्म सत्यघटनामा आधारित भए पनि कुनै व्यक्ति विशेषको घटनालाई भने प्रस्तुत नगरिएको जनाए ।
एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्ममा मोहनकृष्णसँगै भद्रबहादुर शाहीको समेत लगानी रहेको छ । फिल्ममा सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ । सुदर्शन श्रेष्ठको कथा र पटकथा रहेको फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

Namaste Filmy

Read Previous

केजरीवालको पार्टीलाई बलिउडको बधाई ।

Read Next

कारमा आगो लागेपछि धन्न बाँचे रणवीर ।