सुपरहिरो ऋतिकको निधन भएको समाचार गलत भएको पुष्टि ।

फाल्गुन १४ ।
बलिउडमा आइतबार एक समाचारले एकाएक चर्चा पायो । केहि समय अघि श्रीमतिसंग सम्बन्ध बिच्छेद भएको बि टाउनका सुरहिरो ऋतिक ले श्रीमतिसंग बिछोडको पीडा सहन नसकेर उनको निधन भएको भनेर एकाएक तहल्का मच्चियो । तर यो हल्ला गलत भएको बताउदै ऋतिक स्वयम सार्वजनिक भएका छन । हल्ला कसले चलायो र किन यस्तो गरियो थाहा हुन सकेको छैन ।hrithik-roshanऋतिकको निधन भएको खबर आउनेबितिकै बलिउडमा खैलाबैला मच्चिएको थियो । तर अचानक यस्तो समाचार आएपछि ऋतिक आफै आश्चर्यमा परेको र आफै सार्वजनिक भएको भारतीय सञ्चरमाध्यमहरुमा उल्लेख छ । यसबारेमा ऋतिकले यस्ता गलत हल्ला फैलाउने लाई कडा कारबाही हुनुपर्ने बताएका थिए । ऋतिक हाल फिल्म ‘बैग बैग’ को सुटिङबाट बिश्राम लिएर आराम गरिरहेको बताइन्छ । स्मरण रहोस उनी केहि समय पहिले मात्रै श्रीमति सुजैनसंग टाढिएका हुन । सुजैनसंगको सम्बन्ध टुटेपछि ऋतिक तनावमा रहेका थिए । तर पछिल्लो समय ऋतिक खुशी नै भेटिने गरेको फिल्मकर्मीहरुको भनाई छ ।

Namaste Filmy

Read Previous

कता हराए राजु परियार ? लम्जुङ्ग घर भएका उनी कहां छन् र के गर्दैछन् ?

Read Next

Gossip : बल्ल भेट्टाए सलमान खानले आफ्नो भाई ।