शाहरुखको घर बाहिर तोडफोड ।

shaharukh-mannatबलिउड बादशाह शाहरुख खानको बंगला बाहिरको निजी रैंप भत्काउन थालिएको छ । केहि दिनअघि उजुरी परेपछि प्रशासनले सर्वसधारणलाई गाह्रो भएको भन्दै उक्त रैंप भत्काउन थालिएको हो ।
शाहरुखको बंगला मन्नत बाहिर अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । शाहरुखको अलवा वरपरको अन्य बंगला बाहिरको सिमेन्ट रैंप पनि भत्काउने भएको छ । स्थानिय प्रशासनले शनिबारबाट भत्काउन थालेको बताइन्छ ।
केहि दिनअघि भाजपा सांसद पुनम महाजनले उक्त क्षेत्रको रैंप अवैध रुपमा बनाइएको र अन्य सर्वसधारणलाई गाह्रो भएको भन्दै उजुरी हालेकी थिइन । रैंप भत्काउने भएपछि त्यहाँका स्थानीय खुशी भएको  मिठाई बाढिरहेको बताइन्छ ।

Namaste Filmy

Read Previous

प्रेम दिवसमा केकीको यस्तो रोमान्स । भिडियो ।

Read Next

प्रेम दिवसमा 'लभ बर्डस्' घोषणा । मोडल पल र बर्षा फिल्ममा ।