Gossip : बल्ल भेट्टाए सलमान खानले आफ्नो भाई ।

फाल्गुन १४ ।
बलिउड अभिनेता सलमान खानले लामो समयको प्रयासपछि आफ्नो भाई भेटाएका छन । फिल्म प्रोडुसर सुरज बाडजात्याले उनको भाई खोजिदिएका हुन । तर वास्तविक जीवनमा सलमानले भाई पाएका भने होइनन । अब छिट्टै निर्माण हुने फिल्म बडे भैया को लागी सलमानको भाईको रोलमा अभिनय गर्ने भाई भेटाएका हुन । उनको भाईको रोलमा अभिनय गर्ने अभिनेता निल नितिन मुकेश हुन ।168567-salman-khan.jpgराजश्री प्रोडक्सनको निर्माणमा बन्ने फिल्म बडे भैयाको लागी विभिन्न कलाकारको अडिसन बाट निल नितिन मुकेश छनौट भएका हुन । सुरजले निललाई छनौट गरे पनि लामो डिसकस पछि मात्र निल नितिन फिल्मको लागी फाइनल भएको बताइन्छ । निल यस फिल्ममा सलमान खानको सौतेलो भाईको भुमिकामा देखिनेछ तर निलको भुमिका नकारात्मक भने नभएको निर्माता सुरज बाडजत्याको भनाई छ । यसअधि निलनितिन मुकेशले दर्जन जति फिल्ममा अभिनय गरेपनि उनी बी टाउनमा स्थापित हुन सकेको थिएन । अब राजश्री प्रोडक्सन जस्तो हिट ब्यानर र सलमान खानसंग अभिनय गर्ने अबसर पाएपछि निलको भाग्य पनि चम्किने बलिउड फिल्मकर्मीहरुको भनाई छ ।

Namaste Filmy

Read Previous

सुपरहिरो ऋतिकको निधन भएको समाचार गलत भएको पुष्टि ।

Read Next

चलचित्र 'ऋतु' को पब्लिसिटीको लागि नायिका मलिना जोशी र निर्माता अशोक गौतम चितवनमा