बलिउड हिरोइनको भ्यालेन्टाइन लुम्बिनीमा ।

esha-in1बलिउड हिरोइन इशा देवल यतिबेला नेपालमा छिन । हरेक बर्षको भ्यालेन्टाइन स्पेशल तरिकाले मनाउने उनी यसबर्षको भ्यालेन्टाइनमा भने एक्लै भइन । उनले यो दिनलाई स्मरणीय बनाउन बुद्ध जन्मथलो लुम्बिनी दर्शन गरिन ।
लुम्बिनीबाटै उनले सेल्फी ट्वीट गरेकी छिन । त्यस्तै ट्वीट गर्दै उनले सबैलाई भ्यालेन्टाइनको शुभकामना दिइन । उनले आफुहरुको लागी कुनै एक दिन मात्र नभई हरेक दिन भ्यालेन्टाइन भएको बताउदै पति भरत तख्तानीसँगको तस्वीर पनि शेयर गरेकी छिन ।
इशा एमटिभी रोडिज शोको दोस्रो संस्करण छयांकनको क्रममा हाल नेपालमा रहेकी हुन । उनी गत शुक्रबार राती लुम्बिनी आएकी थिइन । उनीसँगै एमटीभीको एक टोली पनि यतिबेला लुम्बिनीमै छन ।esha-in esha-in2

Namaste Filmy

Read Previous

प्रेम दिवसमा 'लभ बर्डस्' घोषणा । मोडल पल र बर्षा फिल्ममा ।

Read Next

'भ्यालेन्टाइन रनवे रोमान्स' मा 'अझै पनि' ।