गजितलाई दुख पर्दा केकी सगै भए किन अति नै रमाउछन हेर्नुहोस (भिडियो सहित )

यहि २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पुनर्जन्म” ले आफ्नो अर्को गीत सार्वजनिक गरेको छ । ‘जब दुख पर्छ..’ बोलको सार्वजनिक गीतमा केकी अधिकारी र गजित बिस्टलाई फिचरिंग गरिएको छ । बसन्त सापकोटाको संगीत ,प्रमोद खरेलको स्वर, :स्वोप्निल बरालको शब्द रहेको यस गीतलाई कमल राईले नृत्य निर्देशन गरेका छन् ।
punarjanmaचलचित्रमा द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको छ ।चलचित्र ‘पुनर्जन्म’ एमके इन्टरटेनमेन्टको व्यानरमा मोहनकृष्ण श्रेष्ठ र भद्रबहादुर शाहीले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।चलचित्र ‘पुनर्जन्म”लाई सजन श्रेष्ठको निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, सुष्मिता शाही, गजित विष्ट, केकी अधिकारी, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

Namaste Filmy

Read Previous

'रोय' हिरोइनको चाहना मदरटेरेसा बन्ने ।

Read Next

'जंगबहादुरको कोट'को खोजी सर्वत्र । भिडियो ।