हनी सिंहको स्वास्थ्यमा सुधार ।

honey-singhलामो समययता बिरामी रहेको बलिउड चर्चित र्यापर हनी सिंहको स्वास्थ्यमा सुधार आएको छ । हालै परिवारसहित अमुतसार दर्शनको लागी पुगेपछि उनी स्वस्थ भएको बुझिएको हो । उनी निकट स्रोतले भने हनी पुर्ण रुपमा स्वस्थ भइसकेका छैनन । क्रमश उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।
उनले अमृतसारबाट इन्स्टाग्राम तथा फेसबुकमा तस्वीरसमेत शेयर गरे । लामो समयदेखि सोसल साइटमा समेत नभेटिएका उनको यो पोस्टले करोडौ फ्यानहरुलाई हर्षित बनाएको छ ।
हनी बलिउडमा सर्वाधिक ब्यस्त भइरहेकै बेला बिरामी परेका थिए । उनलाई डिप्रेसनसमेत भएको बताइएको थियो । बिरामी भएपछि उनी मिडियाबाट पुर्णरुपमा हराएका थिए । तर अब छिट्टै गायनमा फर्किने बताइएको छ ।

Namaste Filmy

Read Previous

'जंगबहादुरको कोट'को खोजी सर्वत्र । भिडियो ।

Read Next

'चक्लेट'को गीत तथा ट्रेलर रिलिज ।