चलचित्र 'ऋतु' को पब्लिसिटीको लागि नायिका मलिना जोशी र निर्माता अशोक गौतम चितवनमा

फाल्गुन १४ ।
अगामी फाल्गुन २३ गते अलनेपाल रिलिजको तयारीमा रहेको फिल्म ऋतु टीम रिलिज डेट नजिकिदै गर्दा प्रदर्शनको मूल राजमार्गमा उत्रिएको छ । फिल्म प्रचारका लागी अष्ट्रेलियाबाट केहि दिन अघि मात्र नेपाल आएका फिल्मका निर्माता अशोक गौतम र फिल्मका मुख्य नायिका मलिना जोशी यतिबेला चितवनमा रहेका छन ।DSC06405अफ्नो गृहजिल्ला भएकोले पनि चितवनबाटै आफ्नो फिल्मको पब्लिसिटी सुरु गरेको निर्माता अशोक गौतमले नमस्तेफिल्मीलाई प्रतिक्रिया दिए । चितवनका सञ्चारकर्मीहरुमाझ फिल्मको बारेमा जानकारी दिदै अशोक र मलिनाले विभिन्न स्थानीय रेडियोहरुमा समेत अन्तरवार्ताको माध्यमबाट फिल्मको प्रचारप्रसार गरेका छन । फिल्मको बारेमा बताउदै मलिनाले आफनो डेब्यु फिल्म रहेकोले एकदमै उत्साहित रहेको र फिल्म पनि हरेक पक्ष बाट राम्रो बनेको बताइन । त्यस्तै अशोकले पनि आफुहरुले फिल्म निर्माणमा कुनै कन्जुस्याई नगरी एउटा उत्कृष्ट फिल्म बनाएकोले हेरिदिनको लागी दर्शकहरुलाई आग्रह गरे ।DSC06391चलचित्रमा राजवल्लभ कोइराला संगै पुर्व मिस नेपाल मलिना जोशी, रिमा विश्वकर्मा,बिष्णु न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । मनोज अधिकारीले निर्देशन गरेको फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान र अपिल बिष्टले संयुक्त रुपमा निर्माण गरेका हुन । रिलिजको संघारमा रहेको फिल्मको “ऋतु’को छायांकन अष्ट्रेलियाको रमणिय स्थलहरुमा र नेपालमा गरिएको छ ।DSC06416सन्दीप बडालले लेखेका फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ ।पछिल्ला केहि दिनयता छापा माध्यम देखी रेडियो, टिभी तथा अनलाईन लगायतका सञ्चार माध्यमहरुमा व्यापक प्रचार प्रसार गरिएको चलचित्र ‘ऋतु’लाई सम्भावना बोकिएको चलचित्रको रुपमा हेरिएको छ ।

Namaste Filmy

Read Previous

Gossip : बल्ल भेट्टाए सलमान खानले आफ्नो भाई ।

Read Next

काठमाण्डौका प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा प्रहरीले हेरे चलचित्र ‘ मिस नेपाल’