'चक्लेट'को गीत तथा ट्रेलर रिलिज ।

[dropcap]फि[/dropcap]ल्म ‘चक्लेट’को गीत तथा ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीको कुमारी हलमा एक समारोहका बीच फिल्मको गीत र ट्रेलर देखाइएको हो । गीत र ट्रेलर हेरेपछि उपस्थित सबैले तारिफ गरेका थिए ।Chaklet-gaidaफिल्म ‘चक्लेट’लाई कलाकार निर्मल शर्मा गैडाले निर्देशन गरेका हुन । नायिका पुजना स्त्रीको प्रस्तुति रहेको फिल्मलाई खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।  फिल्ममा पुजनासँगै आयुष्मान घिमिरे, नम्रता झा, सुमन गैरे लगायतको अभिनय रहेको छ । फिल्मले सडक बालबालिकाको कथा उठाइएको छ । फिल्मको रिलिज मिति तोकिएको छैन ।
गीत तथा ट्रेलर देखाइनुअघि बोल्दै निर्देशक निर्मल शर्माले आफुहरुले निकै मिहेनत गरेको बताउदै फिल्म हेरिदिन आग्रह गरे । त्यस्तै नायिका पुजना स्त्रीले फिल्मले आफुलाई नयाँ परिचय दिने बिश्वास देखाइन ।

ट्रेलरसँगै सार्वजनिक गरिएको ‘ब्यथा भुलेर आउ’ बोलको गीतमा आस्था राउतको स्वर तथा अर्जुन पोखरेलको सँगीत रहेको छ ।

Namaste Filmy

Read Previous

हनी सिंहको स्वास्थ्यमा सुधार ।

Read Next

‘मिसन पैसा २ रिलोडेड’को अडियो विमोचन,निर्माता भन्छन फिल्म नचले निर्देशकले जिम्मा लिनु पर्छ