सलमानको जेल जीवनबारे फिल्म बन्ने ।

salman_sm_650_021615045058बलिउड अभिनेता सलमान खानले जेलमा बिताएको तीन दिनको कथालाई फिल्ममा उतार्ने भएको छ । सलमान सन २००६ मा १० अप्रिल देखि १३ अप्रिलसम्म जेल परेका थिए । सोहि ७२ घण्टाभित्रको सम्पुर्ण घटनाहरु समेटेर फिल्म बनाउन लागिएको हो ।
यो सलमानको बायोपिक फिल्म भने हुने छैन । मात्र ७२ घण्टाको जेलभित्रको गतिविधिलाई पर्दामा उतार्न लागिएको फिल्मलाई रन्जित शर्माले निर्देशन गर्दैछन । फिल्मको नाम ‘कैदी नं. २१०’ राखिएको छ ।
सलमान २००६ मा कालो हरिण शिकारको अभियोगमा तीन दिन जोधपुर सेन्ट्रल जेलमा थुनिएका थिए । त्यसबेला सलमानको साथ थुनिएका अर्का कैदी महेश सैनी पनि फिल्मको कलाकार हुनेछन । त्यसबाहेक सलमानको ड्राइभर हरिश धुलानी पनि फिल्ममा रहनेछन । जोधपुर जेल, फिल्मीस्तान स्टुडियो लगायतको स्थानमा खिचिने फिल्मको लागी हिरोइनको खोजी भइरहेको छ ।

Namaste Filmy

Read Previous

‘मिसन पैसा २ रिलोडेड’को अडियो विमोचन,निर्माता भन्छन फिल्म नचले निर्देशकले जिम्मा लिनु पर्छ

Read Next

सबैले हेर्न पाउने 'अझै पनि' ।