रिलिजको संघारमा 'इच्छा' प्रिमियर ।

Ichha-nepali-movieरिलिजको संघारमा फिल्म ‘इच्छा’को प्रिमियर शो गरिएको छ । एफक्युब मा आइतबार साँझ फिल्म देखाइएको हो । फिल्म हेर्न थुप्रै सञ्चारकर्मी तथा फिल्मकर्मी पुगेका थिए ।
फिल्म हेरेपछि सबैले फिल्मको प्रशंसा गरे । फिल्ममा दयाहाङ राई, सुवास थापा र शिखा शाहीको कामलाई सबैले मन पराए । निर्देशक मुनाल घिमिरेको काम पनि तारिफयोग्य रहेको प्रतिक्रिया आएको छ ।
प्रिमियर शोमा बोल्दै निर्देशक घिमिरेले आफुले निकै मिहेनत गरेर मौलिक फिल्म बनाएको बताए । हिरो सुवास थापाले भने आफुले तारिफ योग्य काम गरेको भन्दै आफ्नै तारिफ गर्न भ्याए । हिरोइन शिखा शाहीले पनि आफ्नो लागी फिल्म टर्निङ प्वइन्ट साबित हुने बताइन ।
इच्छा मुनाल निर्देशित पहिलो फिल्म हो । फिल्ममा दयाहाङ राई, सुवास थापा, शिखा शाही, ओम प्रतिक, देशभक्त खनाल लगायतको अभिनय छ । फिल्म आउदो शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

सबैले हेर्न पाउने 'अझै पनि' ।

Read Next

विवाह गर्दै लेडी गागा ।