देहब्यापारमा संलग्न निर्देशक चौधरी पक्राउ ।

Kishor-chaudhariफिल्म निर्देशक किशोर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोमबार चितवनको पिठुवाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चौधरीले पिठुवामा रहेको आफ्नो होटलमा अवैध यौन ब्यवासाय चलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार चौधरीले होटलमा अवैध युवतीहरु प्रयोग गरी देह ब्यापारमा संलग्न रहेको पाइएको छ । उनलाई देहब्यापारसम्बन्धी सार्वजनिक मुद्धा चलाउने तयारी भइरहेको स्थानिय प्रशासनले जनाएको छ ।
यता चौधरीको परिवारले भने कसैले फसाउन खोजिएको दाबी गरेका छन । निर्दोष रहेर पनि कसैले बदनाम गराउन लागी यस्तो षड्न्त्र गरेको उनीहरुको भनाई छ ।
चितवन स्थायी घर भएका चौधरीले भेटी र लफडा जस्ता फिल्म निर्देशन गरेका छन ।

Namaste Filmy

Read Previous

विवाह गर्दै लेडी गागा ।

Read Next

चितवनमा 'भीमदत्त'को प्रेस मीट ।