चितवनमा 'भीमदत्त'को प्रेस मीट ।

[dropcap]चि[/dropcap]तवन । फाल्गुन २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भीमदत्त’ले चितवनमा प्रेस मीट सम्पन्न गरेको छ । बुधबार बिहान सम्पन्न प्रेस मीटमा फिल्मको बारेमा जानकारी दिइयो । चितवनका अधिकांश सञ्चारकर्मीको उपस्थिति रहेको कार्यक्रममा फिल्मका निर्माता तथा कलाकार नवल खड्का र कलाकार श्रीराम पुडासैनी सहभागी थिए ।  Bhimdutta-press-meetउनीहरुले फिल्म राम्रो बनेको बताए । ‘फिल्मले इतिहास इतिहास बोकेको छ, हामीले महिनौ लगाएर, रिसर्च गरेर भीमदत्तको कथामा फिल्म बनाएका हौ’: निर्माता तथा नायक नवल खड्काले भने । उनले अन्य कमर्सियल फिल्म भन्दा ऐतिहासिक फिल्म हेरिदिन पनि सबैमा आग्रह गरे ।
भीमदत्त सुदुरपश्चिमको किसान आन्दोलनका अगुवा भीमदत्त पन्तको संघर्षमा आधारित कथा हो । फिल्मलाई हिमग्याप टासी ले निर्देशन गरेका हुन । फिल्ममा नवलका अतिरिक्त निशा अधिकारी, सुमिना घिमिरे, श्रीराम पुडासैनी, सञ्जय खतिवडा लगायतको अभिनय रहेको छ । Bhimdutta-press-meet1फिल्मको रिलिज मिति नजिकिदै गर्दा एक टोली हाल मोफसल दौडानमा छ । यसअघि पोखरा, बुटवलमा पत्रकार भेटघाट गरी टोली बुधबार चितवन आइपुगेको हो । त्यस्तै बुधबार नै हेटौडामा पनि प्रेस मीट गरिनेछ भने बिहिबार इटहरी र धरानमा प्रेस मीट गरिनेछ । शुक्रबार भने दमक र बिर्तामोडमा प्रेस मीट गरेर फिल्मको बारेमा जानकारी गराइने निर्माता तथा कलाकार नवल खड्काले जानकारी दिए ।

Namaste Filmy

Read Previous

देहब्यापारमा संलग्न निर्देशक चौधरी पक्राउ ।

Read Next

भ्यालेन्टाइन छोड् पलङ्ग तोड् । 'xxx' फस्टलुक ।